भर्खरै :

इराकमा सरकारविरोधी जनप्रदर्शन

बग्दाद, १५ असोज (सिन्ह्वा) । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरीभएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले मङ्गलबार जानकारी दिएको छ  ।
इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।
सर्वसाधारणका ती मागहरूको सही र वस्तुपरक रूपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दङ्गाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।
जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरूमा ४० जना सुरक्षाकर्मी पनि छन् ।
‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरूले बताएका छन् । घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरूको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।
मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत्, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । सुरक्षाकर्मी र दङ्गा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *