भर्खरै :

सुडालमा खेलाडी सम्मानित

– अनिल फोंजू
भक्तपुर, १५ । कराते खेलमा उत्कृष्ट खेलाडीहरूलाई सुडालमा सम्मानित गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा आरक्षण नेशनल एकेडेमी डोजोले विभिन्न पदक विजेता खेलाडीहरूलाई सम्मानित गरेको हो । खेलमा पदक विजेता ९ खेलाडीलाई सम्मानित गरिएको हो ।
खेलाडी सम्मान गर्दै प्रमुख अतिथि चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा सदस्य नरेन्द्रबहादुर श्रेष्ठले खेल विकासमा आफूहरूले जस्तो पनि सहयोग गर्न तयार भएको बताउनुभएको थियो । उहाँले नयाँ नगरपालिका भएका कारण आफूहरूलाई के गर्दा खेलको विकासमा सहयोग हुन्छ भनी पत्तो नहुँदा यसमा ध्यान दिन नसकेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विषेस अतिथि रामशरण त्वातीले एकल खेलको विकास गर्न सकेमात्र हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सक्ने बताउँदै नगरपालिकाले नै एकल खेलको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो । उहाँले ८ औँ सार्क गेममा एकल खेलका कारण नेपाल दोस्रो भएको स्मरण गर्दै उहाँले अब हामी पहिलो हुन एकल खेलको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
यस्तै उक्त कार्यक्रममा दोस्रो जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको थियो । ग्रेडिङमा २९ जना खेलाडीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रेफ्रि विजय एण्डो, पृथ्वी बासुकला, सञ्जय लामाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य आरक्षण नेशनल स्कूलका अनुज बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुनिता मोक्तानले गर्नुभएको थियो । यस्तै कार्यक्रममा प्रशिक्षक गणेश सुकमनीलाई महेन्द्र ग्राममा डोजो अनुमति पत्रसमेत प्रदान गरिएको थियो ।
सम्मानित हुने खेलाडीहरूमा गोल्ड मेडल ल्याउने सन्देश खत्री, आभाष सुकमनी र आभा सुकमनी, रजत पदक ल्याउने वर्षा खत्री, निरज खत्री र प्रतिमा राई यस्तै कास्य पदक ल्याउने खेलाडीहरूमा अनिसा गाईजु, जेनिता अधिकार, निरुता मानन्धर रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *