भर्खरै :

अधिकांश मासु पसलमा सुधार गर्न जरुरी

भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा व्यासी र भुलाछेंमा मासु पसल अनुगमन गर्दा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्ड पु¥याइ सञ्चालन गर्न दिनुपर्ने देखिएको छ ।
अनुगमनमा हरिकृष्ण खड्गीको राँगोको मासु पसल पटक पटक अनुगमन गर्दा पसल दर्ता गर्न निर्देशन दिंदा समेत अटेर भई दर्ता नगरेकोले तीन दिनभित्र दर्ता गर्न, फ्रिजमा कुहेको र बिग्रेको मासु राखी राखेको निकालेर नष्ट गर्न र फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिङ्गा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दियो । त्यस्तै जय काली मिट सप पसल नविकरण गर्नपर्ने, औजार खिया लागेको र फोहर देखिएकोले सफा गर्न, एप्रोन सेतो प्रयोग गर्न, टेबुल र पसल व्यवस्थित सफा गर्न र बिग्रिएको बासी मासु चार किलो तीन सय ग्राम जफत गरी नष्ट गरियो ।
त्यस्तै महाकाली मिट सप पसल नविकरण गर्न, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै राख्न, कामदारहरूलाई सेतो एप्रोन, हेयरनेट, माक्स र पञ्जा अनिवार्य प्रयोग गर्न, बधस्थलमा सरसफाई र दुगन्धित भएकोले हावा सर्कुलर हुने गरी पंखाको व्यवस्थापन गर्न निर्देशन दियो । त्यस्तै लक्ष्मीदास शाहीको राँगोको मासु पसल तीन दिनभित्र दर्ता गर्न, मासु कपडा भिजाएर नछोप्न र जालीले छोप्न, पेटी र बाटोमा टेबुल राखेर बेचविखन नगर्न, भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न निर्देशन दियो । त्यस्तै न्यु चिकेन स्टोरमा सरसफाइमा ध्यान दिन र एप्रोन सेतो अनिवार्य प्रयोग गर्न, पि.एस.मिट शप पसल नविकरण गर्नुपर्ने निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, पशु सेवा शाखा भक्तपुरका रुपेश आलेमगर, राष्ट्रिय उपभोक्ता मञ्चबाट लक्ष्मी भण्डारी, भक्तपुर उद्योग वाणिज्य सङ्घका संजय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर ड्गौरा र भनपा कर उपशाखाका न्हुज किजूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *