अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
हङकङ, १८ असोज (सिन्ह्वा)
हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामले ४ तारिख विशेष प्रशासनिक बैठक बोलाएकी छन् । सो बैठकमा ‘आपत्कालीन अवस्था नियम’ लाई उद्धृत गर्दै सामाजिक परिपाटीको चाँडै पुनः स्थापना तथा विद्रोह बन्द गर्नको लागि ‘मुख लुकाउने निषेध नियम’ तर्जुमा गर्ने निर्णय गरिएको छ ।
क्यारी ल्यामले सो नियम तर्जुमा गरेको कारणबारे ब्याख्या गर्दै बितेका ४ महिनामा हिंसात्मक गतिविधिमा संलग्न प्रदर्शनकारीहरू सबै मुख लुकाएको र यो नियम तर्जुमा गरेपछि प्रहरीले कानुनबमोजिम काम गर्न सहयोगी हुने ठहर गरेकी छन् ।
प्राप्त जानकारी अनुसार, ‘मुख लुकाउने निषेध नियम’ अक्टोबर चार तारिख राती बा¥ह बजेदेखि लागू हुनेछ र सो नियमको विपरीत गर्नेहरूलाई बढीमा २५ हजार हङकङ डलर जरिवाना तिराइनुका साथै १ वर्षसम्म थुन्न सकिने छ ।
चीनको राज्य परिषद हङकङ मकाउ कार्यालयका प्रवक्ता याङ क्वाङले हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले घोषणा गरेको ‘मुख लुकाउने निषेध नियम’ को आवश्यकताबारे जोड दिँँदै यसबाट हिंसात्मक अपराधलाई प्रहार तथा प्रतिरोध गर्न तथा सामाजिक परिपाटीको पुनः स्थापना गर्नको लागि हितयुक्त भएको जिकीर गर्नुभयो ।
प्रवक्ता याङले अगाडि भन्नुभएको छः हङकङमा हिंसात्मक गतिविधि चलिरहेको ४ महिनाभन्दा बढी भइसक्यो र हिंसा चर्कँदै गएको छ । अक्टोबर १ तारिख राष्ट्रिय दिवसको दिनमा हङकङका केही विपक्षी तत्वहरू तथा उग्रवादी हिंसात्मक तत्वहरूले अवैधरूपमा भेला भई विद्रोह गरेका छन् जसबाट ३० जना प्रहरी घाइते भएका छन् । प्रवक्ता याङले यस्तो गतिविधिको पनि कडा निन्दा गर्नुभयो ।
केन्द्रिय सरकारले एक देश दुई व्यवस्था, हङकङवासी हङकङको शासन गर्ने सिद्धान्तको दृढताका साथ पालना गर्दै मुख्य प्रशासक क्यारी ल्यामको नेतृत्वमा रहेको विशेष प्रशासनिक क्षेत्रीय सरकारले कानुनबमोजिम शासन गर्न समर्थन दिँदै जाने पनि प्रवक्ता याङले स्पष्ट पार्नुभयो ।
साथै प्रशासनिक क्षेत्रीय सरकार तथा समाजका विभिन्न पक्षसँग व्यापक आदानप्रदान तथा वार्ता गर्दै हङकङको गहन अन्तर्विरोध तथा समस्याको प्रभावकारी समाधान उपाय खोजेर समाजको स्थिरता तथा मेलमिलापको प्रवद्र्धन गर्ने आशा पनि प्रवक्ता याङले गर्नुभयो ।
Leave a Reply