गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका वडा नंं. १ स्थित प्रदेशस्तरीय भक्तपुर अस्पताल फेरि रिफर सेन्टर बन्दै छ । अस्पताललाई प्रदेश सरकारअन्तर्गत राखिएपछि सत्ताधारी नेकपाका कार्यकर्तालाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा राजनैतिक नियुक्ति त गरियो, तर अस्पताल आफै थला पर्दा अध्यक्ष मूकदर्शक बनिरहे । केही महिनाअघि अस्पतालमा दरबन्दीअनुसार ७० प्रतिशत जनशक्ति पूर्ति भएको थियो र अस्पतालको सेवाप्रति स्थानीय जनतामा विश्वास बढ्न थालेको थियो । तर चिकित्सकहरूको समायोजनको नाममा हाल दरबन्दी खालीजस्तै बनेको छ ।
अस्पतालमा कन्सल्ट्यान्ट डाक्टरको दरबन्दी १० रहेकोमा हाल एक जना पनि नरहेको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा छाला रोगको १ जना, स्त्री रोगको २ जना, बाल रोगको १ जना, नाक कान घाँटीको १ जना, प्याथोलोजिस्ट १ जना, रेडियोलोजिस्ट १ जना र एनेस्थेसिया विशेषज्ञ १ जनाको दरबन्दी छ । त्यस्तै एमजीडीपी १ जना र फिजिसियन २ जनाको दरबन्दी छ । तर सबै विशेषज्ञ डाक्टरहरू सङ्घीय समायोजन भई काठमाडौँका विभिन्न अस्पतालमा सरुवा भए ।
ल्याव टेक्नोलोजिस्ट एक जना रहेकोमा उनी पनि निकट भविष्यमा सङ्घीय समायोजनमा जाने तयारीमा रहेको स्रोतले बताएको छ ।
मेडिकल अफिसरको दरबन्दी ८ जना रहेकामध्ये ५ जना समायोजन भई जाने अन्तिम तयारीमा रहेको र १९ जना स्टाफ नर्सको दरबन्दीमध्ये १० जना विभिन्न अस्पतालमा सरुवा हुने खबर आइसकेको स्रोतले जानकारी दिएको छ ।
“अब अस्पताल चिकित्सकशून्य हुने खतरा बढेको छ,’ अस्पतालका एक कर्मचारीले बताए । भर्खरै २ जना डाक्टरहरू सरुवा भई अस्पताल आउनुभएको छ, अब उहाँहरूको भरमा चलाउनुपर्ने बाध्यता छ ।”
अस्पतालको आकस्मिक सेवासमेत नराम्रोसँग थलिने सम्भावना रहेको बताइएको छ । आकस्मिक सेवामा कार्यरत डाक्टर, नर्स र अहेवहरू समायोजनमा जाने तयारीमा रहेका छन् ।
बिरामीहरूको आशाको केन्द्रको रुपमा रहेको अस्पतालमा प्रदेश सरकार र शासक दलले यति गैरजिम्मेवारीपूर्ण कार्य गर्नु स्वास्थ्य क्षेत्रमा भएको खेलबाड नै हो । वैकल्पिक व्यवस्था नगरी जथाभावी चिकित्सकहरूलाई अन्यत्र सरुवा गर्दा आइपर्ने सम्भावित नकारात्मक असरको विषयमा शासक दलहरू जिम्मेवार नहुनु दुर्भाग्य हो । अस्पताल कुनै दलको राजनैतिक भर्तीकेन्द्र बन्नु हुँदैन भन्ने जन अभिमत छ ।
जतिखेर भक्तपुरका जनता लामखुट्टेका कारण डेँगु रोगबाट प्रभावित थिए र ज्वरोमात्र आउँदा पनि डेँगुको आशङ्कामा अस्पतालमा परीक्षण गर्न आएका थिए, त्यतिखेर भक्तपुर अस्पताल आफैँ मेडिकल सुपरिटेन्डेन्टविहीन भयो । रोगीहरू छटपटिएर वरपरका निजी अस्पतालमा जान बाध्य थिए । भक्तपुुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले केही हदसम्म बिरामीको चाप थेगेको स्वयं अस्पतालको आकस्मिक सेवाका चिकित्सक बताउँछन् । सङ्कटको बेला साथ नदिएकोमा भक्तपुर अस्पतालप्रति बिरामीहरू रुष्ट बनेका थिए ।
तत्कालीन मेसु डा. सुधा देवकोटा सरुवा भएपछि स्थानीय डा. रविभूषण सुवाललाई मेसु बनाइएको थियो । स्थानीय व्यक्ति आफै मेसु बनेपछि अस्पतालको सुधार हुने अपेक्षा गरिएको थियो, तर उनी मेसु बनेको ३ हप्ता नबित्दै समायोजन भई वीर अस्पताल गए । अस्पतालको सुधारको पक्षमा प्रदेश सरकार नरहेको हो वा डा. सुवाल आफैँ अस्पतालमा बस्न नचाहेको हो ? स्थानीयले बुभ्mन सकिरहेका छैनन् ।
अस्पतालका मेट्रोनले सामाजिक सञ्जालमा सार्वजनिकरूपमा आप्mनो असन्तुष्टि पोखिन्, “अस्पतालले जनताको विश्वास जित्न नसकेको अवस्थामा राजनैतिक आस्थाकै कारण कनिष्ठलाई बढुवा गरी वरिष्ठप्रति अन्याय ग¥यो, मेसु बनेका डाक्टरसाहेब पनि ३ हप्ता नबित्दै वीर अस्पताल सरुवा हुनुभयो ।”
५० शैयामाथिका ८ वटा जिल्ला अस्पतालहरू अहिले प्रदेश नं. ३ सरकारको मातहतमा राखिएका छन् । भक्तपुुर अस्पतालमात्र नभई प्रदेशअन्तर्गतका अन्य अस्पतालहरूको हालत पनि यस्तै रहेको एक स्रोतले जानकारी दिएको छ । सरकारले अस्पताल सञ्चालन कार्यविधिसमेत हालसम्म तयारी नगरेबाट प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा कति जिम्मेवार छ भन्ने प्रस्ट भएको जानकारहरू बताउँछन् । भक्तपुर अस्पतालमा लामो समयदेखि वार्षिक बजेट पास गरेको देखिँदैन । आपूmअन्तर्गत सञ्चालित अस्पतालको बेथिति देखेर प्रदेश सरकारका मुख्यमन्त्रीले भक्तपुर क्यान्सर अस्पताल प्रदेश सरकारले हेर्ने अभिव्यक्ति दिनु हास्यास्पद भएको स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ ।
भक्तपुर अस्पताल देशकै दोस्रो जेठो अस्पताल हो । स्थापनाको ११४ वर्ष नाघिसक्दा पनि अस्पतालको स्तरोन्नति नहुनु, अस्पतालमा बिरामीको विश्वास बढ्नुको साटो घट्दै जानुको पछाडि सत्तासीन दलहरूको बेवास्ता र भागबन्डाको केन्द्र बनेकोमा कसैको दुईमत नहोला । स्वास्थ्यमन्त्री जुन दलको हुन्छ, त्यही दलका आसेपासेलाई व्यवस्थापन समिति अध्यक्ष बनाउने र अनि ‘आप्mना मान्छे’ लाई प्रक्रियाविना भर्ना गरेर अस्पतालको सम्पतिमाथि ब्रह्मलुट गर्नेबाहेक अस्पतालमा सेवा सुविधा थप्ने र बिरामीको राम्रो उपचार दिने विषयमा कसैले ध्यान दिएको देखिएन ।
विगतमा अस्पतालको सुधारका लागि स्थानीय तवरबाट केही पहल नभएको होइन । भक्तपुरको राजनैतिक नेतृत्व, अझ स्पष्ट भाषामा नेपाल मजदुर किसान पार्टीलाई अस्पताल व्यवस्थापनको जिम्मेवारी दिएमा अस्पतालको स्तरोन्नति होला, जनतामा नेमकिपाप्रति आस्था बढ्ला र आप्mनो पार्टीको राजनैतिक भविष्य समाप्त होला भन्ने कलुषित भावनासहित शासक दलका स्थानीय नेता कार्यकताहरूबाट मन्त्रालयमा दबाब गएको अग्रज स्थानीयवासी बताउँछन् । त्यही कारण अस्पताल उँभो नलागेको उनीहरूको भनाइ छ ।
अस्पताल भ्रष्टाचारको केन्द्र बनेकोमा कार्यरत चिकित्सकहरू चिन्ता व्यक्त गरिरहेका छन् । अस्पतालको वार्षिक आयव्यय कति छ ? अस्पतालका आवश्यक सामग्री तथा औषधि खरिद प्रक्रिया कसरी चल्छ ? स्वयं कार्यरत कर्मचारीहरूलाई थाहा छैन । “व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरूले आप्mना मान्छेहरूलाई अस्पतालमा भर्ना गरे, तर नियुक्ति पत्र दिइएको छैन, वार्षिक नवीकरण पनि गरिएको छैन, तलब सुविधा भने सरकारी कर्मचारी सरह प्रदान गरिएको छ ।”
अस्पतालमा जाँच्न आएका बिरामीहरूबाट उठाइएको शुल्कमा चिकित्सक, नर्स, प्रयोगशालाका कर्मचारीमात्र नभई प्रशासक, लेखापाल, स्टोरकिपर र पियुनसम्मले भागबन्डा गरेको गुनासो छ । हुँदाहुँदा ५ हजार लिटर क्षमताको ट्यांकीमा पानी भरे, नभरेको हेर्नका लागि राखिएको कर्मचारीले समेत नियमित तलबबाहेक भत्ता खान्छन् भन्ने कुराले सबैलाई आश्चर्य चकित बनाएको छ । जनताको पैसा ब्रह्मलुट गर्ने अधिकार कसैसँग छैन, तर व्यवस्थापन समिति किन मौन ? प्रश्न उठ्नु स्वाभाविक छ ।
केही दिनअघि आठौँ तहको एमबीबीएस डाक्टरलाई अस्पतालको निमित्त मेसु बनाइएको खबर छ । उनी सुदूर पश्चिमको एउटा सरकारी अस्पतालमा जिम्मेवारी सम्हालेर आएका हुन् भन्ने जानकारीमा आएको छ । भक्तपुर अस्पताललाई अहिलेको अवस्थाबाट माथि ल्याउन उनलाई निश्चय पनि गा¥हो हुनेछ । त्यसमाथि उनीभन्दा सिनियर कर्मचारीहरूले उनीप्रति कस्तो व्यवहार गर्लान् ? उनलाई अस्पताल व्यवस्थापन समितिले सकारात्मक सहयोग गर्ला कि नगर्ला ? हेर्न बाँकी नै छ । अस्पतालको प्रशासनिक, प्राविधिक र चिकित्सकीय सुधारमा धेरै चुनौतीहरू उनीसामु छन् । अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारी, व्यवस्थापन समिति अनि स्थानीय तहसँग समन्वय गरेर सामूहिक नेतृत्वमा अघि बढ्न सके नयाँ मेसुलाई अस्पताललाई प्रगतिउन्मुख गर्ने अवसर पनि रहेको बताइन्छ ।
Leave a Reply