कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
चितवन, १ वैशाख । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज राती पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक युगेन्द्रबहादुर हमालका अनुसार राती ८ बजेतिर पहिरो खसेको हो । पहिरो खसिरहेकाले पन्छाउने कार्य अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो ।
सो ठाउँमा आज बिहान ९ः१५ बजे पहिरो खासेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएर १२ः३० बजे दुईतर्फी सञ्चालनमा आएको थियो । साँझ ५ बजेतिर पनि पहिरो खसेपछि पन्छाएर सडक खुलाइएको थियो पुनःराति ८ बजेतिर सडक अवरुद्ध भएको हमालले बताउनुभयो ।
पहिरो खसेको ठाउँ नारायण–मुग्लिनबाट चार किलोमिटर नारायणघाटतर्फ पर्दछ । सो सडक स्तरोन्नतिका क्रममा विस्तारका लागि भित्तो काटिएपछि विगत केही दिनयता सो ठाउँमा पटक–पटक पहिरो खसिरहेको छ ।
यसैबीच सडक अवरुद्ध भएपछि गाडीबाट झरेका एक यात्रु सडक छेउबाट त्रिशूली नदी किनारमा खसेका छन् । प्रहरी निरीक्षक हमालका अनुसार साँझ सडक अवरुद्ध भएपछि सडक छेउमा पैदल हिँडिरहेका ती यात्रु नदीको किनारमा खसेका हुन् । अन्दाजी ३०÷३५ वर्षका ती व्यक्ति पुरुष भएको उहाँले बताउनुभयो । उनको उद्धारको प्रयास भइरहेको छ ।
सडकबाट भिरालो ठाउँमा खसेकाले उद्धार गर्न कठिन भइरहेको उहाँले बताउनुभयो । खसेका व्यक्ति सकुसल रहेका छन् । पहिरो खसेको ठाउँबाट ती व्यक्ति तल खसेका हुन् । रासस
Leave a Reply