भर्खरै :

वर्गसङ्घर्ष आमूल परिवर्तनको बाटो

– मेरिना शाक्य
समाजमा देखिएका विकृति र विसङ्गति न्यूनीकरणको निम्ति आदर्श समाज स्थापना गर्न सही दिशा निर्देश गर्नुपर्छ । तर, कम्युनिस्ट भनिने सरकारले त्यस्तो कुनै योजना बुनिरहेको छैन । बरु आतङ्क मच्चाउने त्यस्तै उच्छृङ्खलहरूलाई नेकपाले पार्टीमा भित्याइरहेको छ । कुनै व्यक्ति पार्टीमा प्रवेश गर्ने बित्तिकै नेकपाका नेताहरू गर्व गर्छन्, आफ्नो पार्टी नै सही ठान्छन् । सिद्धान्त, दर्शन र विचारमा वास्ता नगर्ने, सरकारको नेतृत्व गर्न पाउनु नै कम्युनिस्टको इच्छा पूरा भएको ठान्ने नेकपाको सरकार संशोधनवादी र अवसरवादी बनेको छ । जसरी सोभियत सङ्घ संशोधनवादको कारण पतन भयो त्यसरी नै नेकपाको सरकार पनि पतन हुनेछ । विदेशी दबाब, अतिक्रमण र थिचोमिचोको ख्याल नगर्ने सरकारकै कारण भोलि देश रहने हो या होइन भन्ने कुरामा चिन्ता छ ।
पैसा बाँडेर, लोभलालच, डर धम्की दिएर नेकपाले झन्डै दुईतिहाइ मत प्राप्त गरेको हो । निर्वाचनमा नेकपाले प्राप्त मत सैद्धान्तिक र वैचारिक मत होइन । नेपालभाषा साहित्य तःमुंज्यामा साँखुका वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले स्पष्टसँग भने, “नेकपाको सरकार सच्चा कम्युनिस्ट पार्टीको सरकार होइन, सच्चा कम्युनिस्ट पार्टी त नेमकिपा हो ।”
आकाशमा असङ्ख्य ताराहरू रहे पनि अँध्यारो हट्दैन तर एउटै चन्द्रमाले अँध्यारो हटाई उज्यालो दिन्छ, नेमकिपा देशमा चन्द्रमा भएर उज्यालो दिइरहेको छ, नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनलाई नेमकिपाले मार्ग निर्देश गरिरहेको छ । देश विकासको लागि वैज्ञानिक समाजवाद नै एक भरपर्दाे व्यवस्था हो । आमूल परिवर्तनको बाटो वर्गसङ्घर्ष हो । वास्तवमै देशको अगुवा गर्ने काम नेमकिपाले गरिरहेको छ । सुखी नेपाली र समृद्ध मुलुक बनाउने सरकारले भारत गरिरहेको सीमा अतिक्रमणबारे एक शब्द बोलेको छैन । पूर्वजर्नेल प्रेमसिंह बस्नेतका अनुसार आफ्नो भूमि जोगाउन चुइँक नबोल्ने नेता, मन्त्रीहरू धिक्कारका पात्र हुन् । सरकारले त आर्थिक विकासको काममा बाधक भएर देशको ऐन, कानुन, नियम ध्वस्त गरिरहेको छ, कम्युनिस्ट भनिने सरकारका नेता र मत्रीहरू धन, लोभलालच र पदमा भुलिरहेका छन्, आफ्नो जिम्मेवारी पन्छाएर दलगत र व्यक्तिगत स्वार्थमा लागेका छन् ।
दलगत स्वार्थ हेरेर देशको कुनै मतलब नराख्ने, संस्कार र संस्कृति बिथोल्ने, नेपाली नेपालीबीच भाँजो हाल्ने, डर, धम्की दिने, मारपिट गर्ने र बहुमतको नाउँमा अरुको सही कुराको कुनै ख्याल नगर्ने सरकारले कसरी देशको मुहार फेर्छ ? कम्युनिस्टको मान्यताअनुसार आमूल परिवर्तन गर्न कसरी अघि बढ्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *