भर्खरै :

दैलेखमा महाधिवेशनको सन्देश

दैलेख, २७ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा सोमबार चामुन्डा बिन्द्रासैनीमा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देश कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले उत्पादन श्रमसँग गाँसिएको शिक्षा प्रणाली विकास गर्न कामदार जनताका छोराछोरी नै राजनीतिकरूपमा सचेत हुन आवश्यक भएको बताउनुभयो ।
उहाँले नेमकिपाको सातौँ महाधिवेशनबाट पारित नीति कार्यक्रमको गम्भीर अध्ययन गरी जनतासम्म पु¥याउनु हरेक कार्यकर्ताको जिम्मेवारी भएको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विकले पार्टीको सातौँ महाधिवेशनले व्यापक कामदार वर्गका जनतासम्म पार्टी सङ्गठन विस्तार गर्न सक्रियतापूर्वक लाग्ने निर्णय गरेको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले सातौँ महाधिवेशनले पार्टीका कार्यकर्ता र समर्थकहरूबीच उत्साहको सञ्चार भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चामुन्डा बिन्द्रासैनी नगर समितिका बासुदेव कँडेल, मनबहादुर विक, रवीन्द्र चुदारा, नेक्राविसङ्घका केन्द्रीय सदस्य हृदय दाहाल, शिक्षक दिपकबहादुर शाही, प्राध्यापक नगेन्द्रबहादुर कार्की, कर्मचारी धिरज विकलगायतले बोल्नुभएको थियो ।
नेक्राविसङ्घ दैलेख जिल्ला समितिका अध्यक्ष तुलसी कठायतको सभापतित्वमा भएको कार्यक्रममा डिल्ली न्यौपाने, सुरेश चुदारालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *