नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सिरिया र कोरियाली प्रायःद्विपको पछिल्लो परिस्थितिबारे चीन र रुसका विदेशमन्त्रीहरुबीच फोन वार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभबीच शुक्रबार भएको फोन वार्तामा दुवै मन्त्रीहरुले चीन–रुस सम्बन्धको विकासका सन्दर्भमा दुई देशका राष्ट्रप्रमुखहरुबीच भएको सहमतिलाई सक्रियतापूर्वक कार्यान्वयनमा जोड दिने कुराकानी भएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । वार्तामा दुई देशबीच निकट भविष्यमा उच्चस्तरीय भ्रमण गर्ने तयारीको बारेमा कुराकानी भएको थियो ।
सिरियाको पछिल्लो अवस्थाबारे चीनका विदेशमन्त्री वाङले सिरियाको स्वाधीनता, सार्वभौमिकता र भूअखण्डताको सम्मान गर्नुपर्ने र त्यहाँ प्रयोग भएको रसायनिक हतियारको विषयमा स्वतन्त्र, न्यायपूर्ण र दक्षतापूर्ण अनुसन्धान गर्नमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले रसायनिक हतियार कसबाट प्रयोग भएको भन्ने विषयमा सत्यतथ्य बाहिर आउनेमा विश्वास व्यक्त गरे ।
कोरियाली प्रायःद्विपको अवस्थाबारे चर्चा गर्दै वाङले कोरियाली प्रायःद्विपमा युद्ध र अराजकता हुन नदिनु दुवै चीन र रुसको हितमा रहेको र सबै पक्षलाई संवादमा ल्याउनु नै दुवै देशको लक्ष्य हुनुपर्ने विचार राखेको स्रोतले बताएको छ ।
कोरियाली प्रायःद्विपमा शान्तिपूर्ण अवस्था कायम राख्न चीनले रुससँग सहकार्य खोजिरहेको छ र सम्बन्धित पक्षलाई संवादमा फेरि बसाल्न खोजिरहेको छ,वाङले भने ।
रुसी विदेशमन्त्री लाभ्रोभले आफ्नो देश पनि सिरियामा भएको रसायनिक हतियारको प्रयोगको निष्पक्ष छानविनको पक्षमा रहेको र कोरियाली प्रायःद्विपको विषयमा संवादको पुनःथालनीको पक्षमा रहेको बताए ।
रुस चीनसँग निकट रणनीतिक सहकार्य र सम्पर्कमा रहन चाहन्छ, लाभ्रोभले भने ।
Leave a Reply