नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्रजग कोरियाका संस्थापक नेता एवं राष्ट्रपिता किम इल सङको १०५ औं जन्म दिवसको अवसरमा राजधानी प्योङयाङको ग्रान्ड प्लाजामा भव्य समारोहको आयोजना गरिएको छ । समाजवादी देश कोरियाली हरेक अप्रिल १५लाई सूर्य दिवसको रुपमा भव्य रुपमा मनाउने गर्दै आएको छ । प्योङयाङमा आयोजित भव्य समारोहमा त्यहाँका सर्वोच्च नेता किम जङ उनलगायत सबै विशिष्ट राजनीतिक तथा सैनिक नेताहरुको सहभागिता भएको स्रोतले बताएको छ । समारोहमा विभिन्न देशका प्रतिनिधिमण्डलहरुको पनि सहभागिता रहेको छ ।
प्रजग कोरियामाथि हमलाको लक्ष्य सहित संरा अमेरिकाले हालै एउटा आणविक हतियारसम्पन्न युद्धकजहाज तैनाथ गरेसँगै यो पटकको सूर्य दिवसलाई प्रजग कोरियाली सरकारले संसारसामू आफ्नो सैनिक विशिष्टता र आर्थिक समृद्धि देखाउने अवसरको रुपमा उपयोग गरेको पर्यवेक्षकहरुको भनाई छ । यो वर्षको परेडमा कोरियाली जनसेनाले पण्डुबीबाट चल्ने बालास्टिक मिसाइल पनि प्रदर्शन गरेको थियो ।
यसैबीच यो वर्ष प्रजग कोरियाले संसारका विभिन्न प्रमुख सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई बोलाएर आफ्नो देशबारे नजिकबाट हेर्ने कार्यक्रम बनाएको छ । प्योङयाङको माङयोङदाए बालबालिका दरबारमा आयोजित एक भव्य साँस्कृतिक कार्यक्रममा ६ वर्षदेखि १६ वर्ष उमेरका ५ हजार कोरियाली बालबालिकाहरुले गीत, नृत्य, सांगीतिक प्रस्तुति, जादु र अरु विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए । त्यहाँ सहभागी विभिन्न देशका ५ सय प्रतिनिधिहरु उनीहरुको प्रस्तुतिबाट मन्त्रमुग्ध बनेका थिए ।

Leave a Reply