नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
– तेजेश्वरबाबु ग्वंग
पूर्णांकी नाटक अरनिकोको श्वेतचैत्यका सर्जक ज्ञानकाजी मानन्धर बनेपानिवासी नेपाली जन्मसिद्ध नागरिक हुन् । बनेपामा जन्मिएर त्यही माटोमा हुर्किएर बीए, बीएडसम्मको शैक्षिक उपाधि हासिल गर्नु उनको युगानुकूल शैक्षिक शृङ्गार–शोभा बनेको छ । तत्कालीन राजनीतिक व्यवस्था, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक परिवेशमा ज्ञानकाजीले हासिल गरेको शैक्षिक प्रमाणपत्र कदरयोग्य पहुँच थियो । स्नातकोत्तर तहको शिक्षानिमित्त मुलुक बाहिरिनुपर्ने हुन्थ्यो ।
नेपालमा विश्वविद्यालय नभएर धेरै जनसाधारणले विदेशमा गएर स्नातकोत्तर विद्या आर्जन गर्नुपर्ने बिडम्वना नै बनेको यथार्थ हुन् । पाठ्यसामग्रीहरू प्रायः सबै नै आङ्गलीय भाषामा रहेकाले ज्ञानकाजीले अङ्ग्रेजी भाषामा उल्लेख्य साधना गरेका थिए । फलतः उनले बनेपाको शैक्षिक उन्नयनका निमित्त विविध कर्मठ र क्रियात्मक योगदान पु¥याउन सकेथे, पाएथे । उनका अनेक शैक्षिक योगदानले बनेपाली पुस्ता र पिँढीले उनलाई गुरुवर मानेको अनुभूति मेरो पनि छ ।
शैक्षिक क्षेत्रमात्र उनका कार्ययोगस्थल बनेको थिएन । बरु सामाजिक सेवा कार्य पनि ज्ञानकाजीका उर्वर भूमि बनेको अनुभूति बनेको छ तेजेश्वरको । काभ्रे जेसिजका संस्थापक अध्यक्ष बनी नयाँ पुस्ताका बनेपाली समाजमा नेतृत्व विकास, समाजमा साङ्गठनिक क्रियाकलाप निमित्त सङ्गठन विधि, चेतनावृद्धि गर्न सघाउँदो वक्तृत्वसीप बढाउनु, समस्या आइपर्दा सुझबुझसाथ समाधान गर्ने सञ्चेतना जगाउनु, आपसमा सहअस्तित्व भाव जगाउने धैर्यशील नम्रता अपनाउनु आदि जेसिज पाठ हुन् । एकल व्यक्तित्वका प्रयासमा भन्दा सामूहिक प्रयासमा समाज र राष्ट्रको उन्नति निर्भर रहने जेसिज सिद्धान्तले ज्ञानकाजी मानन्धरलाई विश्वस्त बनाएको उनका मानन्धरीय तुजुक रहेका क्षणहरू अनुभूत गर्न पाएको छु भन्न वर्किफर्किनु परेन मलाई ।
प्रतिभा सम्मान प्रबन्ध गुठीका संस्थापक कोषाध्यक्ष भएर काम गर्दागर्दै मानन्धरीय ज्ञानकाजी आफैं आत्मसम्मानित बन्न पुगेछन् । कोषाध्यक्ष कोष जुटाउन योजना बनाउनु, सहकर्मी साङ्गठनिक बन्धुहरूलाई त्यसमा सक्रियतापूर्वक संलग्न गराउने उनका पदीय दायित्व रहे, गरेथे । आफूले पाए, लिएको दायित्वपूर्ण अभिभारा पूरा गर्नु कोषको अध्यक्ष र कोषाध्यक्षको काँधको भारी हो । सबैसबै नै कोषको प्रयोग, सदुपयोग निमित्त कार्यगत बजेट बनाउनु कोषाध्यक्षकै थाप्लोको नाम्लो हुन्थ्यो र हुन् । कोष सङ्गलन र ठीक दुरुस्त लेखापालन गर्नु गराउनु कोषाध्यक्षकै नेतृत्वकारी जिम्मेदारी बन्छ । त्यसमा उनको स्वच्छ र शुद्ध क्रियाकलाप बनेको आफ्ना वचनबद्ध योगदान बनेको आर्थिक सहयोग, सहायता प्रदान गरेका अनुभूति बनेको छ । साङ्गठनिक भूमिकालाई मात्र होइन अपितु आफूले सिर्जेका नाटक, एकाड्ढी, सङ्गीत संयोजनमा योग पु¥याउने बन्धुहरूलाई आर्थिक प्रोत्साहन गरे, दिएका अनुभूति बटुलेर कलमको मसीले यो कागज रङ्गिएको छ भन्छु ।
नेपाली वाङ्मयका साथै ज्ञानकाजी मानन्धरले आफ्नै मातृभाषा नेवारी÷नेपालभाषामा एकसाथ लेखे, रचेका ‘अरनिकोको श्वेत चैत्य’ पूर्णांकी नाटक रहेको छ । बाहुबल–अरनिको नेपाली सपूत भएर मित्रराष्ट्र छिमेकी महाचीन पुगेथे । तातु महानगर वर्तमान पेचिङमा ‘श्वेत चैत्य’ निर्माण गरेको कर्मठ योगदान झल्काउने श्रव्य–दृश्य साधनामूलक नाटक मञ्चन भए, गरेको प्रत्यक्ष हेर्ने अवसर जुटेथ्यो । आफ्नै दर्शनेन्निय÷आँखा खेलाई, पढे, देखेको ‘अरनिको’ निकै आनन्दप्रद लाग्यो । दुवै नेपालभाषा र नेपाली वाङ्मयमा लेखिएका नाटक पढेर मन प्रफुल्लित बन्यो । दुवै भाषामा लेखिएका अभिव्यक्तिहरू वाचन गर्दा ज्ञानकाजी मानन्धर आफैंले लेखेको ‘अरनिको’ नाटकले गैरनेपालभाषा भाषीका लागि पनि सुविधाजनक अवसरको ढोका खुलेको छ ।
मातृभाषा आमाकै गर्भगृहदेखि नै सुनिँदै आएको हुन्छ । गर्भगृह मातृकोष हो । आमाले बोल्दै रहने मातृभाषाको प्रभाव अमूर्त तवरले भु्रण अवस्थादेखि नै रञ्जित हुँदो हो । मातृकोषदेखि प्रभावित भाषालाई दूधे बालकपनदेखि आमाको स्नेहालु काखमा चुल्बुलाई एक टक मुख हेर्दै दूध चुस्छ । आमाले बोल्दै गरेका मातृभाषा स्वर गुञ्जन बालकका कानबाट पसेर स्मृति कोषिकामा सङ्गृहीत रहन्छन् । फलस्वरूप बालजीवन मातृभाषामा तोतेबोलीमा रत्तिन्छन् । मातृभाषा आमाले बोल्ने, बोलिने भएको हुनाले वर्तमान परिवेशमा पूर्ववत् रहेका छैनन् । नेपालभाषा भाषीहरूले अहिले नेपाली, अङ्ग्रेजी र अन्य भाषा बोल्नुपर्ने वातावरणीय प्रभावजन्य बन्न पुगेका छन् । योमात्र नेपालभाषा भाषीका नभएर नेपाली, हिन्दी, अरबी, फारसी समुदायका पनि वस्तुस्थिति बनेको छ ।
ज्ञानकाजी मानन्धर पनि मातृकोषदेखि नै नेपालभाषा भाषी भएकाले उनका दुवै भाषामा प्रकाशित अरनिकोको श्वेतचैत्य पढ्दा उनी नेपालभाषा लेखनमा सशक्त पाएँ । मातृभाषामा भाषिक संस्कार जन्य सांस्कृतिक प्रभाव परेको हुन्छ । फलतः मनका चिन्तनलाई सम्प्रेषण गर्दा अभिव्यक्तिहरू संस्कारित बन्न पुग्छ । अनुवाद गर्दा÷भाषान्तरण गर्दा त्यस भाषाभाषीका सांस्कृतिक संस्कार अनुकूल र अनुरूपका अभिव्यक्तिले पोषण गर्नुपर्ने हुन्छ । उदाहरणस्वरूप अरनिकोले राजाज्ञा पालन गरी चीन जाने वचनबद्ध बनी घर फर्कंदा रुवावासी र खिन्नता व्याप्तिन्छ । त्यसैताका नाट्य प्रदर्शनमा रोचक प्रभावकारिता बढाउन एउटा द्वैध गीत प्रस्तुत गरिएको दृश्य छाउँछ । गीतको बोल छ ।
मन मेरो भक्कानियो
तपाईं र म छुट्टिने भयौं
बैंस मेरो अपूरो रह्यो
हामीसँगै बस्न पुग्यो ।
अरनिको घर बाहिरिने बेला श्रीमतीको बिलौना यो । मातृभाषामा लेखिएको गीत यसको तुलनामा नितान्त सशक्त थियो । आफैंले रूपान्तरण गरेको उति सबल देखिएन । यसको कारण भाषान्तरण नै थियो । यसको सट्टा यसो गरे के हुन्थ्यो ?
मन मेरो भक्कानियो
हामी दुई छुट्टिने भो
बैंस मेरो व्यर्थ गयो
सहबास टुट्ने भो ।
ठेट नेपाली भाषाभाषीले संस्कारित बोली बोल्छ । अन्यले गर्न धौधौ पर्छ । अचेल राजधानी पहाड, खोंच, हिमाल, मैदानले खचाखच छ । पहिलेपहिलेका भन्दा अचेल नेपाली लेखाइ, बोलाइ, विभिन्न स्थानीय बस्तीका शब्दावलीहरू प्रयुक्त हुन थालेका छन् । नेपाली भाषा श्रीवृद्धि र समृद्धिमा योग पुगेको छ । प्रसङ्ग संस्कारयुक्त सांस्कृतिक अभिव्यञ्जना र अभिव्यक्ति बनेको छ यो ।
जे होस्, ज्ञानकाजी मानन्धर ज्ञान, सीप र उदार मनस्क लेखक रचनाकार रहेका छन् । सरल, स्पष्टोक्ति पक्षधर ज्ञानकाजीका ज्ञान मूलतः नाट्य विधामा चुच्चिएर चुलिएको छ । चुलिनका लागि चुच्चिनै पर्दो हुन्छ । यो त प्राकृत सत्य बनेकै प्रसङ्ग हो । प्रकृतिको कोष र काखमा पनि यस तथ्यलाई नियाल्न र केलाउन सकिन्छ । सबै बीउ, बेर्नाहरू चुच्चिएरै चुलिँदै जान्छ । नाट्य विधा एक्लो र एकलकाँटे छैन । यसका अनेक कोण र आयाम छन् ।
नाटक र नाट्य विधा एक्लो बढ्दैन । यी दुवै एकले अर्कोलाई अँगालेर बढ्छन् । फरक रहेर पनि यिनीहरू एक रहेका हुन्छन् । नाटक शब्दले लेखन पक्षलाई इङ्गित गर्छ । यसको प्रत्यक्ष सरोकार अभिव्यक्ति कला–सीप युक्त शाब्दिक संरचना–सिर्जनासित गाँसिएको हुन्छ । यसको सरोकार डबली÷स्टेजमा मञ्चन गर्न सहज, सुगम व्यवस्थापनसित जोडिने दृश्य÷सिनमा विभाजन गर्नु हुन्छ अनि नाटकलाई अड्ढअड्ढमा विभाजन गर्नु । ज्ञानकाजीका मानन्धरीय ज्ञानयोग यहाँसम्मै चुस्तिएको यस कलमले स्वाद चाखेको छ सरासर ।
नाट्य विधाले यसभन्दा पारिका डिल पनि चहार्छ । पारिका डिलमा नाटक प्रस्तुतिमा अहम् भूमिका निर्वाह गर्ने पात्रहरू चयनसम्मै पाखुरी फैलाउँछ । सक्षम सुपात्रहरू नाटकीय संवादमा प्रवीण रहेका हुन्छन् । त्यो प्रवीणता उनका आकर्षक आकृति, शारीरिक बनोट, वाकपटुतापूर्ण सम्वादक्रिया, अङ्गप्रत्यङ्ग चलाएर व्यक्त हुने, गरिने शारीरिक अभिव्यक्ति, मुक्तकण्ठबाट मुखरित हुने, गरिने अभिव्यञ्जना सीपवान् क्षमताले प्रदर्शन गरिरहेका हुन्छन् मञ्च । स्टेज र डबली व्यवस्था चातुर्यवान् क्षमता नियालिरहने पक्ष समेट्छ । यसका साथै संवादका बोलीवचन श्रोतादीर्घासम्म स्पष्ट र सहज तवरले कर्णस्पर्शी बनाउन स्वर, ध्वनि सञ्चार संसाधन दुरुस्त राख्ने पक्षलाई पनि अँगाल्नुपर्ने आवश्यकताबोध गराइरहेको हुन्छ ।
ध्वनि संयोजन साधनासित दृश्यहरूलाई प्रभावकारी तवरले आकर्षक बनाउन नाटकीय परिस्थिति, अवस्था जगाउनु र जनाउने साड्ढेतिक रङ्गीन वातावरण बनाउने परिवेश खोजिरहन्छ । यसका साथै नाटकका सहभागी पात्रहरूका भूमिका सुहाउँदो पहिरन–पोसाक अपेक्षा गर्दो हुन्छ अपरिहार्य तवरका रूपमा । यी त भए नाटक अनि नाट्य परम्पराका आयामिक अन्तरबोधी तत्व विवेचना ।
अरनिकोको श्वेत चैत्य नाटक प्रत्यक्ष पठनपाठनका साथै आँखैदेखि साक्ष पार्दा अनुभूत गरेका टुष्टिका विवरण–पाठक समाजमा प्रस्तुत गर्ने धृष्टता यो । ज्ञानकाजी बनेपा निवासी मूलतः नेपालभाषा भाषी रहेर पनि अन्य भाषामा कलम चलाउने स्रष्टा हुन् । उनको नेपाली भाषामा ‘बनेपा–स्तवन’ पुस्तक २०६३ मै प्रकाशित छ । २०६७ मा ‘बनेपा सात गाउँ’, २०६८ मा ‘अरनिकोको श्वेत चैत्य’ पूर्णांकी नाटक नेपाली र नेपालभाषामा प्रकाशित छन् ।
नेपालभाषामा उनले रचेका ‘झीगु (हाम्रो) आख्यान ः झीगु प्याखँ’ (आठ एकाड्ढी नाटकसङ्ग्रह) २०७०, यस्तै मानन्धरले अङ्ग्रेजी भाषामा रचेर नेपाली आख्यान साथै आफ्नो लेखन साधनाको परिचय प्रस्तुत गरिसकेका छन् । उनका ‘कुमारी’ पूर्णांकी नाटक नेपालभाषामा रचिएर पनि रुसी भाषामा रूपान्तर भएको छ । त्यसरी ज्ञानकाजीका अन्यान्य पुस्तकमध्ये नेपालभाषामै प्रकाशित छगू (एक) पश्चात्ताप पूर्णांकी नाटक रहेको छ । उनका अन्यान्य प्रकाशित पुस्तकहरू अहिले संस्मरणबाट बाहिरिएर उल्लेख गर्न सकिएन । रुसी आख्यानकार सुप्रसिद्ध लिओ टल्सटोयका Three Questions नामक कथामा आधारित रहेर अङ्ग्रेजीमै नाटक खेलाएर आफ्ना प्रधानाध्यापकीय देन बनेपामै दिएका थिए ।
यी सबै प्रकारका देन र फलदायी प्रयास प्रायः सबै सर्जक साहित्यकारका चिन्तन चेतले दिएको चिन्मय योगदान बनेपाली मानन्धरीय ज्ञानपुञ्ज बनेको छ । मनका भाका मसीले कागजमा रङ्गाउँदा रङ्गाउँदै एउटा नौलो धृष्टताले रन्थनिएछु । यति प्रभावोत्पादक आख्यानकार बनेका ज्ञानकाजीले आफूलाई आफ्ना नेपाली, अङ्ग्रेजी कृतिहरू नेपाल प्रज्ञाप्रतिष्ठानका साथै अन्य वर्चश्वशाली नेपाली वाङ्मय साधक साहित्यिक प्राज्ञिक संस्थासित सम्पर्क बढाउन सके थप स्वनामधन्य आयाम खुल्ने ठान्छु ।
बिट मार्नुअघि मानन्धरले इमान–धर्मसाथ प्रस्तुत सन्दर्भका केन्द्रबिन्दु बनेको ‘अरनिकोको श्वेतचैत्य’ पूर्णांकी नाटक लेखन संस्कृतिमा समर्पित शताब्दीपुरुष डा. सत्यमोहन जोशीका अरनिको ग्रन्थबाट ओतप्रोत भई त्यसकै सेरोफेरोमा आधारित गरी रचेका कृतज्ञताप्रति सौहार्द बन्छु । अरनिकोको श्वेतचैत्य नाटकले मित्रराष्ट्र महाचीनसितकै मैत्रीभाव प्रगाढ बनाउन सांस्कृतिक धरोहर कायम गरेको ठान्छु । प्रभावकारी सशक्त संवाद÷वार्तालापपूर्ण अभिव्यक्तिले नाटकलाई थप सजीवता प्रदान गरेको अनुभूत गर्छु । नाटकीय प्रस्तुतिले नेपाली सांस्कृतिक संस्कारहरू महाचीनसम्म पु¥याएको चेष्टा उजागर गर्न सक्षम रहेका छन् नाटक रचनामा रचनाकार ।

Leave a Reply