तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, २९ असोज । नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा सञ्चालन भएको तीन दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपालको जलश्रोत अवस्था र सम्भावना, नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलनबारे प्रशिक्षण दिनुभयो ।
नेमकिपाले नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका संशोधनवाद, अवसरवाद र अराजकतावादी चरित्रको निरन्तर विरोध गर्दै जनतालाई सचेत गर्दै आएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “नेकपाको सरकार भारतीय एकाधिकार पुँजीको गोटी बनिरहेको छ ।”
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गरिरहेको चर्चा गर्दै नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
संसदबाट समाजवाद आउँछ भन्नेमा नेमकिपा विश्वस्त नरहेको र सशस्त्र क्रान्तिविना आमूल परिवर्तन नहुने उहाँले बताउनुभयो ।
नेमकिपा कालीकोट १० औँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले नेमकिपाका कार्यकर्ता सिद्धान्त, विचार र व्यवहारमा उत्कृष्ट हुनु आवश्यक छ भन्दै कार्यकर्ताहरूले अध्ययन र अन्तरक्रियामा जोड दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाही, तिलागुफा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष खड्गराज शाही, नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरूङ, हृदयश दाहाल, नेक्रायुसङ्घका भीम कसिङ्गरलगायतले प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply