भर्खरै :

हङकङको विषयमा संरा अमेरिकी संसद्ले ऐन बनाएपछि चीन रूष्ट

पेइचिङ, १६ अक्टोबर । चीनको राज्य परिषद्अन्तर्गत हङकङ तथा मकाउ मामला कार्यालयले संरा अमेरिकी प्रतिनिधिसभाबाट मङ्गलबार पारित गरिएको कथित ‘हङकङ मानव अधिकार तथा प्रजातन्त्र विधेयक, २०१९’ प्रति गम्भीर विरोध र कडा शब्दमा भत्र्सना गरेको छ ।
संरा अमेरिकी प्रतिनिधिसभामा केही सांसदहरूले गरेको प्रस्तावको आधारमा मङ्गलबार सो विधेयक पारित गरिएको छ । चीन सरकारले सो प्रस्तावको सुरूदेखि नै विरोध गर्दै आएको छ ।
हङकङ र मकाउ मामला कार्यालयका प्रवक्ता याङ क्वाङले संरा अमेरिकी प्रतिनिधिसभाको सो निर्णय सारमा चीनको आन्तरिक मामलामा हस्तक्षेप भएको बताउनुभयो । उक्त कदमले हङकङका विपक्षी र हिंसात्मक उपद्रयाहाहरूलाई खुलमखुला समर्थन गरेको उहाँको भनाइ थियो । यो निर्णयबाट चीनको विकासलाई रोक्न संरा अमेरिकी प्रतिनिधिसभा र केही राजनीतिक दलहरूले ‘हङकङ कार्ड’ खेलिरहेको प्रस्ट उजागर गरेको क्वाङको भनाइ छ ।
प्रस्तावित सुपुर्दगी ऐनको संशोधन प्रस्तावलाई लिएर हङकङमा सुरू भएको अस्थिरताले हिंसात्मक रूपमा लिएको हो । हङकङमा चर्किरहेको हिंसात्मक गतिविधिमा गोप्य र खुलारूपमा चीनविरोधी उपद्रयाहाहरूलाई संरा अमेरिकी समर्थन रहेको देखिएको छ । केही हिंसात्मक उपद्राहाहरूले हङकङमा जथाभावी कुटपिट गर्ने, भाँचकुच गर्ने, लुटपाट गर्ने र सवारी आवागमनमा गम्भीर असर पार्ने तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने उछृङ्खल गतिविधि गर्दै आएका छन् ।
“उनीहरूले चल्दै गरेका रेलमा पेट्रोल बम प्रहार गरे र रिमोट नियन्त्रित घरेलु बम उत्पादन गरे”, याङले भन्नुभयो, “केही प्रदर्शनकारीहरूले प्रहरी अधिकारी र फरक विचार राख्ने हङकङबासीमाथि कुटपिट गरे । प्रहरीसँग बन्दुक खोसे र सुरक्षा अधिकारीहरूको घाँटी थिच्नेसम्मको काम गरे ।”
“यस्ता गतिविधिले सार्वजनिक जीवनमा गम्भीर असर पा¥यो र हङकङबासीको आधारभूत मानव अधिकार खोसियो । प्रहरीका मानव अधिकार पनि खोसियो । व्यक्तिगत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि उनीहरूले हमला गरे”, क्वाङले भन्नुभयो ।
“हङकङमा भीडले गरेका हिंसात्मक अपराधप्रति संरा अमेरिकी प्रतिनिधिसभा र केही राजनीतिज्ञले आँखा चिम्म गरे, स्पष्ट देखिएको कुरालाई पनि अन्योलको अवस्था सिर्जना गरे”, क्वाङले भन्नुभयो, “यी गतिविधिहरुलाई अपराधबाहेक अरू केही भन्न मिल्दैन र दोषीमाथि कारबाही गर्नुपर्छ ।”
“हङकङ ‘एक देश दुई व्यवस्था’ र ‘हङकङमा हङकङबासीको शासन’ नीतिको जन्मभूमि भएकोले हङकङ विशेष प्रशासकीय क्षेत्रलाई उच्च तहको स्वायत्तता प्रदान गरिएको छ र कानुनअनुसार हङकङका जनताको अधिकार र स्वतन्त्रताको पूर्ण सुरक्षा गरिएको छ”, क्वाङले उल्लेख गर्नुभयो ।
“हामी संरा अमेरिकी प्रतिनिधिसभा र केही राजनीतिक नेताहरूलाई तथ्यको सम्मान गर्न र गल्तीमाथि गल्तीको थुप्रो लगाउने कामको तत्कालै समीक्षा गर्न सल्लाह दिन चाहन्छौं”, प्रवक्ता क्वाङले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *