तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
– गौरव प्रधान
कम्युनिस्टहरू आदर्श समाज स्थापना गर्न अघि बढ्छन् । असल चरित्र र असल नागरिक बनाउन अघि सर्छन् । आफ्नो जीवनमा दाग लाग्ने, आफ्नो इज्जत र आस्थामा चोट पु¥याउने या कलङ्क लाग्ने काम नगर्न प्रशिक्षित गर्छन् । कुलतमा नलाग्न, आपराधिक क्रियाकलापमा नलाग्न र कुनै लागेमा तिनीहरूको बानी व्यहोरा सपार्ने काममा कम्युनिस्टहरू लागेका हुन्छन् । कम्युनिस्ट पार्टीका नेताहरू आफ्ना कार्यकर्तालाई यस्तै यस्तै मार्ग निर्देश गर्छन् र समाजका आदर्श नागरिक, स्वच्छ, चरित्रवान, देशभक्त, भ्रष्टाचारविरोधी, इमानदार र निःस्वार्थपूर्वक देश–जनताको सेवा गर्न उत्साहित गर्छन् । व्यक्तिगत स्वार्थ, लोभलालचमा नफस्न, पैसामा नबिक्न कार्यकर्ता तयार गर्ने काम कम्युनिस्टहरूले गरिरहेका हुन्छन् ।
त्यसरी आदर्श समाज स्थापना गर्न असल र चरित्रवान नागरिक तयार गर्न मार्ग निर्देश गर्ने कम्युनिस्ट नेताहरू, उच्च तहका पदाधिकारीहरू नै भ्रस्ट, चरित्रहीन, कलङ्कित भएपछि सम्बन्धित पार्टी र नेताहरूको बदनाम स्वाभाविक हो । ‘माननीय सदस्यहरू अब कारबाही सुरू हुन्छ ।’ भनी अर्ती उपदेश दिने, संसद्मा पक्ष र विपक्षलाई मिलाउन भूमिका खेल्ने एक अर्थमा न्यायमूर्तिको काम गर्ने सभामुखमाथि यौन दुव्र्यवहारको आरोप लाग्दा र त्यस्तो काण्डमा फस्दा उनको सम्बन्धित दल, नेपाल र नेपालीमाझ मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा नै बदनाम भएको छ, सभामुखको पद र प्रतिष्ठामा आँच पुगेको छ । सभामुखको चरित्रमा लागेको यो दाग कासीको गङ्गाजलले छर्के पनि अब शुद्ध हुनेछैन । विगतमा सभामुख महराले गरेका योगदानहरू सबै साउन–भदौको भेलले झैँ बगाउने भयो भनी राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
यौन दुव्र्यवहारकै कारण कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए । पार्टी निर्देशनको आधारमा राजीनामा दिएका महराले सांसद पदबाट राजीनामा दिएनन् । कार्तिक ३ गते प्रकाशित राजधानी दैनिकमा छापेको समाचारअनुसार सभामुख बन्न पार्टी सदस्यता छोडी स्वतन्त्र भइसकेको हुँदा आफूले सांसदबाट राजीनामा दिन नपर्ने बताए । महराले सभामुखबाट राजीनामा दिएपछि नैतिकताको आधारमा सांसद पद पनि छोड्नुपर्ने हो । यौन दुव्र्यवहारको आरोप महरामाथि हो, महरा सभामुखमात्र होइन, सांसद पनि हुन् ।
Leave a Reply