नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
भक्तपुर, ५ कार्तिक । भनपा वडा नं. १ कार्यालयको आयोजनामा भएको तीनदिने कौसी खेती तालिमको मङ्गलबार समापन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले घरको परिवार स्वस्थ राख्न महिलाहरुको महत्वपूर्ण भूमिका रहेको र घरेलु काममा मात्र व्यस्त हुने महिलाहरुले तालिममा सहभागिता जनाउनुभएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले कौसी खेती गरेमा स्वस्थवद्र्धक तरकारी खान पाइनुका साथै आफ्नो घरको सुरक्षा पनि हुने बताउनुभयो ।
प्रशिक्षक सविन ख्याजुले कौसी खेती तालिम कौसी खेती गर्नलाई मात्र नभई व्यवसायिक पुष्प खेती तथा करेसाबारी पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । घरमा उत्पादन हुने कुहिने फोहरलाई सकेसम्म घर बाहिर ननिकाली सदुपयोग गर्नुपर्नेमा प्रशिक्षक सविन ख्याजुले जोड दिनुभयो ।
लक्ष्मीनारायण राजलवटले कौसी खेती तालिम अन्य क्षेत्रमा पनि नमुनाको रुपमा काम गर्न सकोस् भन्ने कामना गर्नुभयो ।
कृषि समिति सदस्य कृष्णबहादुर दुगुजूले कौसी खेती तालिम लिनुहुने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिनुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थी ममता सुवेदीले घरबाट उत्पादन हुने कुहिने फोहर प्राङ्गारिक मल बनाई अर्गानिक खेती गरी विषादीमुक्त शुद्ध तरकारी तथा फलफूल खान पाउने हुँदा जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
अर्का प्रशिक्षार्थी सीमा न्याईच्याईले हाम्रै घर आँगनमा खेर गइरहेको झारपातबाट जडिबुटी उत्पादन गर्न सकिने शिक्षा कौसी खेती तालिमबाट प्राप्त गरेको अनुभव सुनाउनुभयो ।
Leave a Reply