तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ५ कार्तिक । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा वडा नं ९ को आयोजनामा पार्टीको सातांैँ महाधिवेशनको सन्देश कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भारतीय नाकाबन्दीको विरोध नगरेका पार्टीहरूले संसद्मा धेरै स्थान जितेको हुँदा आगामी दिनमा पनि भारतीय विस्तारवाद र एकाधिकार पुँजीको थिचोमिचो यथावत रहने बताउनुभयो ।
उहाँले नेमकिपाले भारतीय नाकाबन्दीको विरोधमा सडक र संसद्मा सङ्घर्ष गरी आफ्नो कर्तव्य निर्वाह गरेको चर्चा गर्दै भन्नुभयो, “एमाले र माओवादीको चुनावी तालमेल र पार्टी एकता नेपाल र नेपाली जनताको हितको लागि भएको होइन, भारतीय विस्तारवाद र एकाधिकार पुँजीको निर्देशनमा भएको पुष्टि हुँदै छ ।”
सांसद सुवालले पुर्खाैँदेखि जग्गा जोतिआएका मोही किसानलाई १० रोपनीमात्र मोहियानी जग्गा राख्न पाउने तर कम्पनीको नाममा जति पनि जग्गा राख्न पाउने भूमि ऐन बनाउने सरकारमा गएका पार्टीहरू गरिब जनताको होइन भन्ने प्रमाणित भएको चर्चा गर्नुभयो । समसामयिक अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै सुवालले भन्नुभयो, “भारतीय विस्तारवादले जम्मु काश्मीरमाथि हस्तक्षेप गरेको कारण दक्षिण एसियामा युद्धको सम्भावना बढ्दो छ ।”
भारतीय विस्तारवादले जम्मु काश्मीरमाथि हस्तक्षेपको नेमकिपाले विरोध गरेको प्रसङ्ग चर्चा गर्दै सांसद सुवालले अमेरिकी नेतृत्वको हिन्द प्रशान्त सैन्य गठबन्धनको पनि नेमकिपाले विरोध गरेको बताउनुभयो ।
Leave a Reply