भर्खरै :

पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन

भक्तपुर, ६ कार्तिक । भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नपा वडा नं १ मा नवनिर्मित पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री नःपली सृजनानगर सेवा समितिलाई बुधबार हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नपाले नपाका सबै ठाउँमा व्यायाम सामग्री राख्नुको मुख्य उद्देश्य सबै नागरिकहरूलाई स्वस्थ बनाउनु रहेको बताउँदै शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अङ्ग हो भन्नुभयो ।
उहाँले प्रत्येक नागरिकलाई सैनिक तालिम दिइने व्यवस्थाको माग नेपाल मजदुर किसान पार्टीले अगाडि सारेको बताउँदै खेलकुदमा सरिक व्यक्तिहरू शारीरिकरूपमा तन्दुरुस्त हुने बताउनुभयो ।
सिद्धपोखरीको उत्तरतर्पmको खेलमैदानमा भक्तपुर नपाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराउँदै भाजुपोखरी, रानीपोखरीजस्ता ठूल्ठूला पोखरीहरू पुनः निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरवासीलाई शारीरिकरूपमा स्वस्थ राख्नको लागि नपाले १० वटै वडामा व्यायामस्थल व्यवस्थापन र व्यायाम सामग्री जडान गरिसकेको बताउनुभयो ।
उहाँले सिद्धपोखरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सहजताको लागि पोखरीको पूर्वपट्टि पाटीसहितको शौचालय निर्माण गरिएको र यसै महिनामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा १ नं. वडाका पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले नेपालभाषा साहित्य तःमुंज्याले कार्तिक १२ गते मङ्गलबार न्हूँ दँ ¥यालीको आयोजना गरेको हुँदा कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा पाटी उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त कोजूले नवनिर्मित पाटी र व्यायाम स्थलको सदुपयोग गर्न अनुरोध गर्नुभयो भने समितिका कोषाध्यक्ष बाबुकाजी धौबन्जारले पाटी निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लागत इष्टिमेट ५९ लाख ९० हजार भएकोमा कुल खर्च ५२ लाख ३७ हजार भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नःपली सृजनानगर सेवा समितिलाई सृजनानगरमा राखिने व्यायाम सामग्री हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *