पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
दमास्कस, २३ अक्टोबर । सिरियाली राष्ट्रपति बसार अल–असादले मङ्गलबार सिरियाकै प्रमुख विद्रोही क्षेत्र मानिएको इड्लिब प्रान्तको भ्रमण गर्नुभएको त्यहाँको सरकार नियन्त्रित समाचार संस्थाले जनाएको छ ।
राष्ट्रपति असादले इड्लिब प्रान्तको हबिट सहरको युद्धमोर्चा पुगेर सिरियाली सेनालाई भेट्नुभएको थियो ।
विद्रोहीको नियन्त्रणमा रहेको इड्लिबमा राष्ट्रपतिको यो पहिलो घोषित भ्रमण हो । टीभीमा प्रसारित समाचारमा राष्ट्रपति सैनिक अधिकारीसँग देखिनु भएको थियो ।
“हामीले भनेका थियौं र फेरि पनि भन्दैछौं, इड्लिबको लडाई सिरियाका सबै क्षेत्रमा अराजकता र आतङ्कवाद निर्मूलन गर्ने प्रमुख लडाइँ हुनेछ”, असादले भन्नुभयो ।
उहाँले सिरियाको सबै क्षेत्रको समान महत्व भए पनि कुन क्षेत्रको वस्तुगत सैनिक अवस्था कस्तो छ, त्यस आधारमा प्राथमिकता निर्धारण गरिने बताउनुभयो ।
असादले उत्तरी सिरियामा टर्कीको चालु हमलाको भत्र्सना गर्नुभयो ।
“हामीले हमला र डकैतीको सामना गरिरहेका छौं । यस्तो बेला हामी एक ठाउँमा उभिएर सहकार्य गर्नुपर्ने हो । तर, कोही सिरियालीले यस्तो गर्न चाहेका छैनन् । उनीहरूले अझै अमेरिकाको कुरा सुनिरहेका हुनाले हाम्रो कुरा सुनिरहेका छैनन्”, संरा अमेरिकी आड प्राप्त कुर्दिस शक्तिलाई सङ्केत गर्दै उहाँले भन्नुभयोे । कुर्दिस शक्तिलाई टर्कीको सैनिक हमलाबीच संरा अमेरिकाले त्यागेको उहाँको भनाइ थियो ।
यसैबीच असादले टर्कीले उत्तरी सिरियामा हमला जारी राखे पनि सिरिया सरकारको मूल लक्ष्य भनेको सो क्षेत्रका सबै राजनीतिक र सैनिक शक्तिसँग सम्पर्क स्थापित गर्नुभएको बताउनुभयो ।
“हामीले भनिरहेका छौं, हामी टर्कीको हमलाको प्रतिरोध गर्ने कुनै पनि शक्तिलाई सहयोग गर्न तयार छौं । यो कुनै राजनीतिक निर्णय होइन, यो संवैधानिक र राष्ट्रिय दायित्व हो”, उहाँले भन्नुभयो ।
बितेका केही महिना यता सिरियाली सेना इडलिबतिर अघि बढिरहेको छ । सिरिया सरकारले सम्पूर्ण सिरियाली भूभागमाथि पूर्ण नियन्त्रणमा जोड दिइरहेको छ ।
Leave a Reply