भर्खरै :

चैत ४ देखि ८ सम्म भक्तपुर महोत्सव

भक्तपुर, ७ कार्तिक । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव हुने भएको छ ।
भक्तपुर नगरपालिकाले जनाएअनुसार उक्त महोत्सवबाट यहाँको कला संस्कृति, परम्परागत उत्पादन, सीप, शैली र मौलिक जीवनशैलीलगायतको प्रवद्र्धन हुने र यसबाट आन्तरिक र बाह्य पर्यटन फस्टाउने अपेक्षा गरिएको छ । २०५४ मा नगरपालिकाले सम्पन्न गरेको भक्तपुर महोत्सव र २०६९ मा सम्पन्न गरेको भक्तपुर सडक महोत्सवको अनुभवबाट सिक्दै आयोजना हुने महोत्सवले नेपाल पर्यटन वर्ष २०२० लाई समेत टेवा पु¥याउने विश्वास लिइएको छ । यसले स्थानीय उत्पादनले उचित बजार प्राप्त गरी उद्योगी र व्यापारीहरू लाभान्वित हुने विश्वास लिइएको छ । भक्तपुरको मौलिक परम्परागत उत्पादनहरू भादगाउँले कालो टोपी, हाकुपटासी, ताइचिन चिउरा, जुजु धौ, पौवा चित्र, धातुकला, काष्ठकला, मृतिकाकलालगायतका उत्पादनहरू अझ प्रवद्र्धन हुने र यसले नेपालकै पर्यटन उद्योगलाई टेवा पु¥याउने अपेक्षा गरेको छ ।
२०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका यहाँका विश्व सम्पदामा सूचिकृत पुनःनिर्माण र जीर्णोद्धार भइसकेका सम्पदाहरूको प्रत्यक्ष अवलोकनको अवसर पर्यटकलाई प्रदान गरिनेछ । महोत्सवले स्थानीय पूर्वाधार विकास, सरसफाइ, रोजगारीको अवसर र आर्थिक गतिविधि वृद्धि गर्ने विश्वास लिएको छ । महोत्सवमा हस्तकलाको प्रदर्शनी, दही महोत्सव, खाना महोत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, चिकेन एण्ड एग फेस्टिबल, परम्परागत वाद्यवादन प्रतियोगिता, मौलिक नेवारी जीवनशैली प्रदर्शनी, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, मृतिकाकला प्रदर्शनी, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, महिला हस्तकला र सहकारी गतिविधि, पुस्तक र फोटो प्रदर्शनी, दीपावली, नौबाजा प्रदर्शनी, हलिमलि प्रदर्शनीलगायतका विभिन्न गतिविधिहरू समेटिने भक्तपुर नगरपालिकाले जनाएको छ ।
भक्तपुर महोत्सवको आवश्यक बजेटको व्यवस्थाको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड छुट्याएको छ । महोत्सव भव्यताका साथ सम्पन्न गर्न विभिन्न सरोकारवालाहरू सम्मिलित मूल आयोजक समिति गठन गरिने पनि स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *