ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ कार्तिक । “स्थानीय जनताको उपभोक्ता समितिबाट भएका विकास निर्माण मितव्ययी र पारदर्शी हुन्छ, आर्थिक अनुशासनसमेतको गुणस्तरीय निर्माण हुन्छ । यसकारण विकास निर्माणको काम स्थानीय जनताको सहभागितामा रहेको उपभोक्ता समितिमार्फत नै गराउने प्रावधान आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सामुदायिक सूचना नेटवर्क (सीआईएन) का पत्रकारहरूसँग स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सम्पन्न योजनाहरूको स्थलगत जानकारी लिने क्रममा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले जनताका जनप्रतिनिधिद्वारा संसद्मा पेश भएका समस्यालाई सम्बोधन नगर्ने सरकार जनताप्रति जवाफदेही नहुने बरू पञ्चायतजस्तै निरङ्कुश हुने उल्लेख गर्दै उहाँले प्रतिनिधिसभा सदस्यको हैसियतले आफूले देश र जनताका विषय संसद्मा राख्दै आएको तर सरकारले प्रतिपक्षीका सांसदको भनी बेवास्ता गरेकोमा विरोध गर्नुभयो ।
देशभरि नै खानेपानी हाहाकार भएको विषय संसदमा बारम्बार उठाउँदा पनि सरकार कानमा तेल हालेर बसेको र नगरकोट सडक ६ वर्षमा पनि नबनेकोमा स्थानीय जनताको सहभागितामा जुलुस र सभा गरी सरकारको ध्यानाकर्षण गराउँदा समेत सत्तापक्षका नेता पुष्पकमल दाहालको घरभेटी ठेकेदार भएको हुँदा सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
नेमकिपाले स्थापनादेखि नै भ्रष्टाचार र पक्षपातको विरोधमा सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “स्थानीय उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका कार्यहरू उदाहरणीय र गुणस्तरीय छन् ।”
“आगामी दिनमा पनि जनताको सुझावअनुसार प्रतिनिधिसभा र यसअन्तर्गतको राज्य व्यवस्था समितिमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँ”, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
सरकारी विद्यालय गुणस्तरीय बनाउन, यातायात सेवा भरपर्दो बनाउन, खानेपानीको व्यवस्था गर्न वर्तमान ओली–दाहाल सरकार पनि असफल भएको उल्लेख गर्दै सांसद सुवालले सार्वजनिक जग्गा, पोखरी, व्यक्तिको नाममा दर्ता र बेचबिखन भएको पर्ती जग्गा पुनः सार्वजनिक नै कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
योजनाको स्थलगत अध्ययनको क्रममा पत्रकारको टोलीले चाँगुनारायण नपा वडा नं. ८ सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसर पुग्ने ३४४ खुड्किला र रेलिङ रू. १० लाख बजेटमा निर्माण भएको, सुडाल जितपुरको नेवार बस्तीको रू. १० लाख बजेटको सडक स्त्तरोन्नति र चाँगु नपा वडा नं. ७ को बाँसबारीमा रू. १० लाख बजेटको सामुदायिक भवन निर्माणबारे जानकारी लिएको थियो ।
सांसद सुवालले स्थलगत अध्ययनको क्रममा स्थानीय जनता र पत्रकार टोलीले राखेका जिज्ञासाबारे स्पष्ट गर्नुभएको थियो ।
सांसद सुवालको सिफारिसमा आ.व. २०७५/७६ मा चाँगु नपाको ताथली, नगरकोट, छालिङ, चाँगु, झौखेल र दुवाकोटसमेत गरी खानेपानी, पुल पुलेसा, सडक, सामुदायिक भवनसमेत १९ वटा योजना सम्पन्न भएको थियो ।
कार्यक्रममा सीआईएनका पत्रकारहरू गोविन्द खड्का, राजन रूचाल, सोविता रिसाल, गीता चिमौरिया र सुवास पन्तको उपस्थिति रहेको थियो ।
Leave a Reply