भर्खरै :

सेन्ट्रल फाइनान्स लिमिटेडको दसौँ शाखा गोँगबु गणेशस्थानमा

भक्तपुर, ७ कार्तिक । सेन्ट्रल फाइनान्स लिमिटेडले काठमाडौँको टोखा नगरपालिकाको गोँगबु गणेशस्थानमा दशौँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गर्नुभयो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख अधिकारीले जनतालाई वित्तीय सेवा दिन संस्थाले गोँगबु गणेशस्थानमा शाखा खोलेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सञ्चालन गर्ने सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रममा वित्तीय संस्थाले हातेमालो गर्दै अगाडि बढ्ने अपेक्षा गरेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले उक्त शाखाको एटीएमको उद्घाटन गर्दै संस्था स्तरीय वित्तीय सेवा प्रदान गर्न सदा समर्पित रहेको बताउनुभयो । उहाँले चुक्ता पुँजी रु. ८२ करोड ३३ लाख रहेको राष्ट्रियस्तरको यस फाइनान्सले शाखा सञ्जाल एवम् ग्राहक सेवा विस्तार गर्ने उद्देश्यले शाखा खोलेको र यस शाखामार्फत निक्षेप सड्ढलन, कर्जा लगानी, मोबाइल बैङ्किङ्ग, कनेक्ट आइ.पी.एस, चेक क्लियरिङ्ग, डेविट कार्ड, रेमिटेन्सलगायतका आधुनिक बैङ्किङ्ग सेवा दिने बताउनुभयो ।
केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा रहेको यस फाइनान्सको काठमाडौँको चाबाहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याह्मासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा र सिन्धुलीको भिमानमा शाखा कार्यालय सञ्चालनमा रहेको छ ।
२०७६ असोज मसान्तमा संस्थाको प्राथमिक पुँजी रु. १ अर्ब ५५ लाख रहेको छ । संस्थाले रु. ३ अर्ब २३ करोड ६ लाख निक्षेप सड्ढलन गरेको छ भने रु. ३ अर्ब २३ करोड ६ लाख कर्जा लगानी गरेको र जगेडा कोषमा रु. २१ करोड ३ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *