ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ कार्तिक । भक्तपुर नगरपालिकाले गपली क्षेत्रका पसल अनुगमन गरेको छ ।
तिहारलाई मध्यनजर गरी गरिएको अनुगमनको क्रममा खाद्य पसलहरूमा अनुगमन खाद्य विभाग र खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्रविना प्याकेजिङ सामानमा लेबल राख्न, पसलमा लेबलविना बिक्री वितरण नगर्न र किराना र मिनिमार्टमा रक्सीको छुट्टै दर्ता गर्न निर्देशन दिइएको छ ।
अनुगमनको क्रममा पसलहरूमा ढक तराजु नापतौल विभागमा नवीकरण गर्न र फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा नराख्न निर्देशन दिइयो ।
कामदारहरूले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग गर्न र सरफाइमा ध्यान दिन पनि अनुगमन समितिले निर्देशन दिएको छ । पटक –पटकको निर्देशन अवज्ञा गर्ने पसलबाट समितिले ग्यासको चुल्हो जफत गरेको छ ।
अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीमा सदस्यहरू कार्यपालिका सदस्य राशनमैया सुवाल, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जू, वडा सचिव साहिला वैद्य, वडा निरीक्षक पुरुषोत्तम ङाकुसी, महानगरीय प्रहरी परिसरका प्रहरी हरिबहादुर भण्डारी र सुजन नेपाली, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरू हुनुहुन्छ ।
Leave a Reply