भर्खरै :

महाधिवेशन सन्देश कार्यक्रम सम्पन्न

भक्तपुर, ९ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्देश कार्यक्रम शारदा मा.वि., यालाछँेमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु राजनीतिको लक्ष्य हुनुपर्ने धारणा राख्दै विकृति र विसङ्गतिविरूद्ध विद्यार्थीहरू लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाको सिद्धान्त र विचारअनुसार विद्यार्थीहरू सङ्गठित हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूले सांस्कृतिक स्तर बढाउन मेहनत गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् भनसका अध्यक्ष नारायणबहादुर दुवालले विद्यार्थीहरूले क्रान्तिकारीहरूको जीवन अध्ययन गरेर उहाँहरूबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजुले निःशुल्क शिक्षा र स्वास्थ्यका साथै उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि नेक्राविसङ्घ सङ्घर्षरत रहेको बताउनुभयो ।
आयोजक समितिका संयोजक मिलन गणेजूको सभापतित्वमा भएको कार्यक्रममा दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *