भर्खरै :

चण्डेश्वरी अजिमा बचतको १२ औँ साधारणसभा सम्पन्न

भक्तपुर, ९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चण्डेश्वरी अजिमा बचतको १२ औँ साधारणसभाको शनिबार उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले भक्तपुरमा क्यान्सर, मृगौला, हृदयघात आदि रोगीहरू निकै बढिरहेको उल्लेख गर्दै भनपाले कडा रोग लागेका नगरवासीलाई प्रतिव्यक्ति रु. १० हजार बराबरको आर्थिक सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो ।
तरकारी र फलफूलजस्ता खाद्यान्नमा प्रयोग गरिने कीटनाशक विषादी प्रयोगका कारण नसर्ने रोगको जोखिम बढेको उहाँले प्रस्ट पार्नुभयो ।
भनपाले कृषकहरू लक्षित तालिम सञ्चालन गरिरहेको बताउँदै उहाँले किसानहरूमा व्यवहारिक र सैद्धान्तिक ज्ञानको खाँचो रहेको औँल्याउनुभयो ।
उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नगरपालिकाले चैत ४–८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्ने जानकारी दिँदै विभिन्न भाषा तालिम सञ्चालन गरी युवाहरूलाई सीप प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले व्यवस्थितरूपमा जनताको सहभागितामा काम भइरहेको बताउँदै भक्तपुर नपाको उपभोक्ता समितिबाट निर्माण भएका कार्यहरूको सबैले प्रशंसा गरेको बताउनुभयो । अव्यवस्थित तारहरूका कारण सम्पदा कुरूप देखिएको हुँदा तार भूमिगत गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले सहकारी संस्थाले समुदायको आर्थिक, सांस्कृतिक, शैक्षिक हितमा काम गर्न आग्रह गर्दै समाज विकासको लागि आवश्यक सहयोग गर्न जोड दिनुभयो । वडा बजेटले सांस्कृतिक सम्पदा पुनःनिर्माणलाई निरन्तरता दिँदै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा साविक वडा नं. ८ का पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूलले समुदायमा आधारित सहकारी संस्थाले बैङ्कको नीतिअनुरूप धेरै ब्याज प्रतिशत कायम गर्नु नियम सङ्गत नभएको बताउनुभयो । उहाँले बैङ्क र सहकारी संस्थाबीचको भिन्नताबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर बचतका प्रतिनिधि जगन्नाथ प्रजापतिले समुदायमा आधारित सहकारी संस्थाको पक्षमा भक्तपुर जिल्ला बचत सङ्घ रहेको बताउँदै राज्यले सहकारी संस्थाको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद त्वानाबासुले संस्थाले सामाजिक दायित्व बहन गर्दै आएको बताउँदै शेयर सदस्यहरूलाई संस्थाको गतिविधिबारे थाहा पाउन संस्थाको प्रतिवेदन अध्ययनमा जोड दिनुभयो । लेखा परीक्षक श्यामसुन्दर मुनंकर्मी र संस्थाका उपाध्यक्ष पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि प्रजापतिले ज्येष्ठ नागरिक, संस्थापक सदस्यहरू र एसईई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
समझदारीको बा¥हौँ साधारणसभा
भक्तपुर, ९ कार्तिक । समझदारी बचत तथा ऋण सहकारी संस्थाको बा¥हौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले सहकारीको मर्म र सिद्धान्तअनुसार सहकारीले समाज र सदस्यहरूको सामूहिक हितमा काम गर्नुपर्छ भन्नुभयो ।
हाम्रो भाषा र संस्कृति हाम्रो पहिचान भएकोले हामीले नयाँ पुस्तालाई संस्कृति र सामाजिक व्यवहार सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल चौगुठीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला बचत सङ्घका चन्द्रिका छुकाँलगायत विभिन्न मित्र सहकारीका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका विभिन्न प्रतिवेदन पारित गरिएको थियो ।
सभाले कृष्णगोपाल चगुठीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।
समृद्धिको शुभकामना
भक्तपुर, ९ कार्तिक । समृद्धि बचत कोषको आयोजनामा शनिबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सहकारी समाज नेपालका उपाध्यक्ष कृष्णगोविन्द लाखाजूले आम्दानीको स्रोतबमोजिम बचत र खर्च गर्ने बानी बसाल्न सके भावी पुस्ताको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
समाज राम्रो भए हरेक व्यक्तिले गुणस्तरीय जीवन यापन गर्नसक्ने धारणा राख्दै उहाँले उमेर र तहअनुसारको व्यवहार गर्न सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कोषका अध्यक्ष हरिसुन्दर सुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजकुमार लघू, सचिव राजाराम बासी, कोषाध्यक्ष नविन ग्वाछा, संस्थापक अध्यक्ष चन्द्रबहादुर थुयाजू, सचिव सुन्दर राजचललगायतले कोषको स्थापना, सञ्चालन र गतिविधिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *