सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
पेइचिङ, २९ अक्टोबर । सन् २०१९ नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सव हो । सुधार तथा खुलापनबाट पुनः प्रस्थान गरेको चीन र नयाँ चरणको आर्थिक विश्वव्यापीकरणसँगको जम्काभेटमा के कस्तो दृश्य देखाउँछ ? दुई दिनसम्म चलेको सन् २०१९ चीनप्रतिको बुझाइ शीर्षकको क्वाङ चौ अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त विषयबारे विचार–विमर्श गरिएको छ । विशेषतः चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्यस सम्मेलनलाई दिनुभएको शुभकामना सन्देशमा आर्थिक विश्वव्यापीकरणको अनुमान र चीनको भूमिकाको व्याख्याबाट सारा विश्वसमक्ष विश्वव्यापीकरणलाई दृढताका साथ समर्थन गर्दै जाने र खुलापनको निरन्तर विस्तार गर्दै जाने ‘चीनको आवाज’ निकालिएको छ । उहाँको सन्देशमा ठूलो मुलुकको जिम्मा र दायित्व प्रतिबिम्बित गरिएकाले त्यसको सम्मेलनमा सहभागी अतिथिहरूले प्रशंसा गरेको छन् ।
चीन र विदेशबीच एकले अर्कासँग सम्पर्क राख्ने र एकले अर्काको समझदारीको उच्च तहको संवार्ता चौतारोको हैसियतले उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ३० जनाभन्दा बढी नामी राजनीतिज्ञ, रणनीतिज्ञ, विद्वान र व्यवसायीलगायतका झन्डै ६ सत्न्दा बढी व्यक्तिहरू सहभागी भएका छन् । हाल संरक्षणवाद र एकपक्षीयतावाद चर्कंदै आएको र विश्व अर्थतन्त्र मन्दी भइरहेको पृष्ठभूमिमा आर्थिक विश्वव्यापीकरणको कसरी व्यवहार गर्ने भन्ने कुरा यस सम्मेलनको ध्यानाकर्षणको विषय बनेको छ ।
वर्तमान विश्व आर्थिक वृद्धि कमजोर हुँदै आएको सिलसिलामा चीनले प्रस्तुत गरेको बेल्ट एन्ड रोड भन्ने प्रस्तावले विभिन्न मुलुकबीच एकले अर्कासँग सम्पर्क राख्न प्रभावकारीरूपमा प्रवद्र्धधन गर्नुका साथै विश्व आर्थिक वृद्धिका लागि नयाँ जीवन्त शक्ति थप्दै आएको छ । (सीआरआई)
Leave a Reply