इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
दमौली, १३ कार्तिक । जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महिनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो ।
सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भएपनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ । व्यास नगरपालिका–१ हाईस्कूलटारका एक व्यक्तिलाई मङ्गलबार कुकुरले टोकेपछि दमौली अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले रेबिज भ्याक्सिन नभएको बताएको स्थानीयवासी सनम तामाङले जानकारी दिनुभयो ।
‘साथीलाई कुकुरले टोकेपछि सरकारी अस्पतालमा रेबिजविरुद्धको सुइँ लगाउन लगेको थिएँ’, तामाङले भन्नुभयो, ‘स्वास्थ्यकर्मीले अस्पतालमा छैन भनेर निजी अस्पताल सिफारिस गरिदिए ।” सरकारी अस्पतालमै रेबिज विरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महङ्गो शुल्क तिरेर निजी अस्पतालबाट उपचार गराउनुपर्ने बाध्यता रहेको तामाङले गुनासो गर्नुभयो ।
दमौली अस्पतालमा दैनिक पाँच÷दश जना बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिज विरुद्धको भ्याक्सिनको रु. ५०० देखि ६०० सम्म लिने गरेका छन् । कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकताअनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।
Leave a Reply