महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
–रमेश लम्साल
काठमाडौँ, १५ कार्तिक । नेपालको ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिएको छ । कोरियाली र नेपालीसमेत सहलगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत् आयोजनामा नौ दातृ निकायले ४५ करोड ३२ लाख अमेरिकी डलर (नेपाल राष्ट्र बैङ्कले आजका लागि तय गरेको अमेरिकी डलरको मूल्य बराबर करीब रु. ५१ अर्ब २१ करोड) लगानी गर्ने सम्झौता गरेका हुन् ।
रसुवाको हाकु र मैलुङको बीचमा निर्माण हुन लागेको आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी र ऋण लगानी गर्ने विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा प्रवद्र्धक कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक इ र सम्बन्धित वित्तीय संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । आयोजनाको कुल लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपँुजीबाट जुटाइनेछ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ । ऋणबाहेकको रकम भने स्वपुँजीबाट जुटाइने जनाइएको छ ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो । कार्यक्रममा दिइएको जानकारीअनुसार आयोजनामा विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैङ्क (एडीबी) ले छ करोड, एसियाली पूर्वाधार लगानी बैङ्कले तीन करोड ९६ लाख, कोरियाली आयात निर्यात बैङ्कले १० करोड, कोरिया डेभलपमेन्ट बैङ्क (केडीबी) ले तीन करोड आठ लाख अमेरिकी डलर आयोजनामा ऋण लगानी गर्ने छन् ।
यसैगरी, सीडीसी गु्रप पीएलसी (सीडीसी) को दुई करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) को एक करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) एक करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्डको (ओएफआइडी) एक करोड ३२ लाख डलर ऋण लगानी रहने छ । द बैङ्क अफ न्युयोर्क मेलनले ‘अफसोर एकाउन्ट’ र नेपाल त्ेष्टमेन्ट बैङ्कले ‘अनसोर एकाउन्ट’ बैङ्कका रुपमा काम गर्ने समझदारी भएको छ ।
आयोजनाबाट वार्षिकरुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन गरिने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत बर्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले हाल निर्माण गरिरहेको त्रिशुली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ । (रासस)
Leave a Reply