महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
सामना
धनगढी, १५ कार्तिक । चाडपर्वहरू दसँै, तिहार सकिएसँगै सवारीसाधनको आवागमन बढेको छ । आवागमन बढेसँगै सवारी साधनहरूमा पनि भीड बढ्न थालेको छ ।
चाडपर्व मनाउन घर पुगेका विद्यार्थी, कर्मचारीलगायत रोजगारीको सिलसिलामा जिल्लाबाट बाहिरिने र आफ्नो कर्मथलो फर्किने यात्रुहरूको भीड बसपार्क र सार्वजनिक यातायातका साधनहरूमा देखिन्छ । यात्रुको चाप बढेपछि कतिपयलाई सार्वजनिक सवारीसाधनबाट गन्तव्यमा जान समस्या भएको छ ।
सार्वजनिक सवारी साधनहरू यात्रुले खचाखच हुन थालेका छन् । यात्रुको चाप बढेको बेला सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु राख्ने र सामान राख्ने गरेको पाइन्छ ।
यात्रुसँग बढी भाडा लिने, सानो सामानको पनि चर्काे मूल्य असुल्ने, भाडामा ठग्ने, सवारी साधनको भाडामा एकरूपता नहुनेजस्ता कार्यहरू पनि चाडपर्वको मौका पारेर गरेका छन् । यस्तै क्षमताभन्दा बढी यात्रु र सामान राख्ने प्रवृत्तिले चाडपर्वका बेला ठूला दुर्घटनाहरू हुने गरेका छन् ।
विगतका वर्षमा चाडपर्वहरूकै बेला कैयौँ पटक ठूला दुर्घटनाहरू भएका छन् । क्षमताभन्दा बढी यात्रु र सामान हालेर मदिरा सेवन गरेर तीव्रगतिमा सवारी साधन चलाउने गर्नाले धेरैजसो दुर्घटना हुने गरेका छन् । चाडपर्वमा अरू बेलाभन्दा ठूला दुर्घटनाहरू बढी हुने भएकाले दुर्घटना हुन नदिन ट्राफिक प्रहरीको सक्रियता बढाउनुपर्छ ।
सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु र सामान हाल्न नदिने, तीव्रगतिमा सवारी साधन गुडाउने, ओभर ट्याक गर्न नदिन ट्राफिक प्रहरीले कडाइ गर्नु आवश्यक छ । यात्रामा सवार हुने यात्रु स्वयम् पनि सचेत रहन जरुरी छ ।
Leave a Reply