शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
लान सिनचेन
कुनै पनि देशको आर्थिक र सामाजिक विकासको लागि उच्च क्षमतावान मानव जनशक्तिको खाँचो पर्दछ । उच्च क्षमतावान जनशक्ति भन्नाले वैज्ञानिक, इन्जिनियर, व्यवस्थापक, शिक्षक र अरू क्षेत्रका विज्ञहरू हुन् । वैज्ञानिक र प्राविधिक विकास, औद्योगिकीकरणका साथै सम्पूर्ण समाजको प्रगतिको लागि त्यस्तो जनशक्ति भनेको जग हो ।
बितेका सात दसकमा चीन एउटा गरिब र अविकसित देशबाट संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । जनताको जीवनस्तरमा नाटकीय परिवर्तन भएको छ । प्रतिभाशाली मानिसहरूको योगदानले उठाएको उत्पादकत्वका साथै वैज्ञानिक एवं प्राविधिक प्रगतिले चीनलाई आजको अवस्थामा पु¥याएको हो । यी सबैको जरा भने शिक्षामा भएको सुधार हो ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । त्यसअघि चीनमा शैक्षिक स्रोत र जनशक्तिको निकै अभाव थियो । झन्डै एक सय वर्षको अर्ध उपनिवेशवादी शासन र अस्थिरताले नै त्यसको मूल कारण थियो । ७० वर्षअघि प्राथमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या २० प्रतिशतमात्र थियो । ८० प्रतिशत मानिस अशिक्षित थिए ।
चीनको केन्द्रीय सरकारले राष्ट्र निर्माणको केन्द्रमा शिक्षाको विकासलाई राख्यो । राज्यले नै ठूलो सङ्ख्यामा विद्यालय सञ्चालन ग¥यो । सन् १९५१ मा नयाँ एकीकृत विद्यालय शिक्षा प्रणालीको विकास भयो । सन् १९६५ मा प्राथमिक विद्यालयको भर्ना दर ८५ प्रतिशत पुग्यो । अशिक्षित प्रौढ जनतालाई शिक्षित बनाउन सरकारले निकै मिहिनेत ग¥यो । सन् १९४९ देखि १९६५ सम्ममा निरक्षरता दर ३८.१ प्रतिशतमा झ¥यो । सन् १९७८ मा निरक्षरता १८ प्रतिशतमा खुम्चियो ।
सन् १९८६ मा अनिवार्य शिक्षा ऐन लागू भयो । बालबालिका र किशोरकिशोरीलाई अनिवार्य शिक्षाको अधिकारलाई कानुनले सुनिश्चित ग¥यो । सन् १९८९ मा गरिब परिवारका केटाकेटीलाई छात्रवृत्ति दिएर कक्षा कोठामा फर्किन र सामाजिकरूपमा चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण गर्ने परियोजना लागू भयो । परिणामतः देशभरि आधारभूतरूपमा नौ वर्षीय अनिवार्य शिक्षा लागू भयो । दुर्गम गाउँबस्तीमा बस्ने आदिवासी अल्पसङ्ख्यक जनताका छोराछोरीलाई पनि त्यो अधिकार सुनिश्चित ग¥यो ।
अनिवार्य शिक्षाले निरक्षरतामा मात्र सुधार गरेन बरु आर्थिक र सामाजिक विकासका लागि आवश्यक मानवीय स्रोत पनि तयार ग¥यो । चीन अब उत्पादक शक्तिबाट आवश्यक सीप र प्रतिभा भएको देशको रूपमा अघि बढ्यो ।
सन् १९८७ मा चिनियाँ कम्युनिस्ट पार्टीको तेह«ौँ महाधिवेशन भयो । त्यो महाधिवेशनले विज्ञान र प्रविधिसँगै शिक्षाको विकासमा पनि जोड दियो । उत्पादकको प्राथमिक शक्तिको रूपमा विज्ञान–प्रविधिको विकास र विश्वस्तरका विश्वविद्यालयहरू स्थापना गर्नेमा सबै एकमत भए ।
शैक्षिक सुविधा, शिक्षक र शिक्षण पद्धतिमा ठूलो स्तरोन्नति भयो । दूरशिक्षाका साथै श्रव्यदृश्य शिक्षा र कम्प्युटर शिक्षा विश्वविद्यालयमात्र लोकप्रिय भएन । देशभरिका आधारभूत र माध्यमिक विद्यालयमा पनि लोकप्रिय बन्यो । विद्यालयको पूर्वाधार, पाठ्यपुस्तक र शिक्षकको क्षमतामा नाटकीय प्रगति गरियो ।
सन् २०१६ मा बेलायतको शिक्षा विभागले साङ्घाई शिक्षण पद्धति आफ्नो देशमा आयात गर्न ४ करोड १० लाख पाउन्ड (५ करोड २ लाख अमेरिकी डलर) खर्च ग¥यो । बेलायतका ८ हजार आधारभूत र माध्यमिक विद्यालयले गणित शिक्षणमा साङ्घाई शिक्षण पद्धति लागू गरेका छन् ।
त्यस्तै सन् २०१७ को मार्चमा बेलायतकै हार्पर कोलिन्सले चिनियाँ आधारभूत शिक्षण सामग्री बेलायतमा प्रकाशन गर्न चीनको साङ्घाई सेन्चुरी प्रकाशन समूह (कम्पनी) सँग सम्झौता ग¥यो । यी घटनाले चीनको शिक्षण पद्धतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो प्रतिबिम्बित गरेको छ ।
कुनै पनि देशको विस्तृत राष्ट्रिय शक्तिको लागि उच्च शिक्षाको स्तर महत्वपूर्ण मापन हो । सन् २०१८ मा विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको कुल दर ४८ प्रतिशत पुगेको छ । कलेज र विश्वविद्यालयबाट धेरैभन्दा धेरै जनशक्ति श्रम बजारमा गएका छन् । चीनका केही प्राज्ञिक क्षेत्र विश्वस्तरका मानिन्छन् । धेरै विश्वविद्यालयले व्यापारिक क्षेत्रसँग सहकार्य गरिरहेका छन् । ज्ञान प्रभावकारी तरिकाबाट उत्पादक शक्तिमा रूपान्तरण भइरहेको छ ।
चीनले सूचना प्रविधि, उच्च गतिवान रेल र आणविक शक्तिमा हासिल गरेका उपलब्धि चीनको उच्च शिक्षाकै कारण सम्भव भएको हो । चिनियाँ उच्च शिक्षाले विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान गर्नसक्ने र क्षमतावान र सबल अनुसन्धान क्षमता भएको जनशक्ति तयार गरेको छ ।
चिनियाँ विद्यार्थी विभिन्न देशका विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । अध्ययन पूरा गरेर सामाजिक र आर्थिक प्रगतिमा योगदान गर्न उनीहरू स्वदेश फर्किरहेका छन् । सन् १९७८ मा ५२ जना विद्यार्थीलाई पहिलो व्याचमा सरकारी छात्रवृत्तिमा संरा अमेरिकामा पढ्न पठाइएको थियो । त्यसपछिका दसकमा चीन र संसारका अन्य विभिन्न देशबीचको शैक्षिक सम्बन्धले शिक्षक र विद्यार्थीको क्षितिज फराकिलो गर्न महत्वपूर्ण भूमिका खेल्यो । साथै अध्ययन अनुसन्धानलाई पनि टेवा पु¥याउँदै गयो ।
चीनको आधुनिकीकरणको राष्ट्रिय लक्ष्य शिक्षासँग अन्योन्यास्रितरूपमा गाँसिएको छ । शिक्षालाई रणनीतिक प्राथमिकतामा राख्नु नै यो लक्ष्य हासिल गर्ने आधारभूत मार्ग हो । चीनले बितेका सात दसकमा यही बाटो अङ्गाल्दै आएको छ र भविष्यमा पनि यसैलाई निरन्तरता दिंदै जानेछ ।
स्रोतः पेइचिङ रिभ्यु
नेपाली अनुवादः बिकेस
Leave a Reply