सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
– सामना
कैलाली, १८ कार्तिक । नेपालको सबैभन्दा ठूलो मानव निर्मित टीकापुर पार्कमा आन्तरिक पर्यटक आवागमनमा वृद्धि भएको छ ।
कैलाली जिल्लाको टीकापुर नगरपालिकाको दक्षिण–पूर्वमा अवस्थित यो पार्क टीकापुर बजारबाट ४ किमि र राजमार्ग लम्कीबाट १८ किमि दक्षिण कर्णाली नदी किनारमा छ । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा पर्यटक घुम्न आउँछन् । अन्य बेलाभन्दा कार्तिक र मंसिर महिनामा पर्यटकको सङ्ख्या बढी हुने गर्दछ ।
अरु समयभन्दा दसैँ, तिहार सकिएपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्दछ । तिहारमा देउसीभैलो खेलेर वनभोज खानेको सङ्ख्यामा निकै वृद्धि भएको छ । बिदा तथा फुर्सदको समयमा साथीभाइ तथा घरपरिवारसँगै घुम्न आउने पर्यटकहरू सामूहिक खाना खाने र तस्वीर खिच्दै रमाइरहेको देख्न पाइन्छ ।
टीकापुर पार्क व्यवस्थापन समितिका इन्चार्ज अर्जुन कुँवर भन्नुहुन्छ, “तिहार सकिएपछि पार्क घुम्ने आउनेको सङ्ख्या निकै बढेको छ । यहाँ कैलाली जिल्लामात्र नभई नेपालका बाँके, बर्दिया, सुर्खेत, दैलेख, काठमाडौँ, पोखरा, बारा, पर्सा, दाङ, कञ्चनपुरलगायतका जिल्लाबाट बर्सेनि पर्यटकहरू भ्रमण तथा पिकनिक गर्न आउने गर्दछन् । कार्तिक र मंसिर महिनामा त निकै भीड हुन्छ यहाँ ।
पार्क व्यवस्थापन समितिले टीकापुर बाटीका बाहिर उत्तर–पूर्वतिर वनभोज स्थल छुट्याइदिएको छ । यहाँ मानिसहरू वनभोज आयोजना गर्दछन् । पहिले–पहिले पिउने पानीको समस्या हुने गरे पनि हाल त्यो समस्या नरहेको कुँवरले बताउनुभयो ।
पर्यटकको घुइँचो बढेसँगै पार्क व्यवस्थापनमा केही समस्या आउन थालेको उहाँले बताउनुभयो । “घुम्न आउनेहरूले फूल टिप्ने, बिरुवा भाँचिदिने, खानेकुरा ल्याएका प्लास्टिक र कागज जथाभावी मिल्काउने, पार्किङस्थल बाहिर पार्किङ गरिदिने गर्दा र पार्कको चारैतिर फोहोर फालिदिने गर्नाले पार्क सफाइमा भने समस्या देखिएको उहाँ बताउनुहुन्छ ।
Leave a Reply