भक्तपुर नपा–१ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सम्पन्न
- आश्विन ५, २०८३
कसिमला पाँय्
भक्तपुर, १८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेल प्रतियोगिताअन्तर्गत कार्तिक १८ गते सोमबार बिहान भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्, सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा भएको एथ्लेटिक्स र सहिद स्मृति खेल मैदानमा भएको भलिबल खेल निरीक्षण गर्नुभयो ।
निरीक्षणको क्रममा भक्तपुर दरबार क्षेत्रमा सञ्चालित कसिमला पाँय खेलको औपचारिक सुरुवात गर्दै नगर प्रमुख प्रजापतिले ‘कसिमला पाँय’ खेल पुर्खाले छोडेको भक्तपुरको स्थानीय खेल भएको बताउनुभयो ।
फुटसल
नगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुटर फुटसल, राम मन्दिरमा सोमबार पनि जारी रह्यो । उक्त खेलको अवलोकन गर्दै एन्फा फुटसल सङ्घका केन्द्रीय अध्यक्ष दावा गुरुङले भक्तपुर नगरपालिकाले गरेको अन्तरविद्यालय फुटसल प्रतियोगिता उदाहरणीय काम भएको बताउनुभयो ।
आज विद्या विकास र हिमालयन स्कूलबीच भएको खेलमा एक एक गोलमा बराबरी भएपछि पेनाल्टि सुट आउटमा ३–२ गोलले विद्या विकासले विजय हासिल ग¥यो । त्यस्तै सेक्रिट हर्ट र बाल विकासबीच भएको खेलमा २–१ ले सेक्रिट हर्टले विजय हासिल ग¥यो । त्यस्तै मेघा र विद्या आर्जन बीचभएको खेलमा ३–१ ले मेघा विजय भयो । त्यस्तै हिमालयन ग्लोरी र अक्सफोर्डबीच भएको खेलमा ६–२ ले हिमालयन ग्लोरीले विजय हासिल ग¥यो । त्यस्तै ग्लिटर फ्युचर र महेन्द्र विद्या आश्रमबीच भएको खेलमा दुई–दुई गोलमा बराबरी भएपछि पेनाल्टि सुट आउटमा २–३ गोलले महेन्द्र विद्या आश्रमले विजय हासिल ग¥यो । त्यसपछि दोस्रो चरणको खेलमा प्रभात ई.स्कूल र बासु माविबीच भएको खेलमा ०–२ ले बासुले विजय हासिल ग¥यो । त्यस्तै गोल्डेन गेट र रोम्बस बीचभएको खेलमा ०–४ ले रोम्बसले विजय हासिल ग¥यो । त्यस्तै मिनर्वा र सनसाइनबीच भएको खेलमा १–३ गोलले सनसाइनले जित हासिल ग¥यो । त्यस्तै वाइजल्याण्डविरुद्ध श्री पद्मबीचको खेलमा श्री पद्मको वाक आउटको आधारमा वाइजल्याण्डले जित हासिल ग¥यो । त्यस्तै सैनिक आवासीय र वागीश्वरीबीच भएको खेलमा ६–१ गोलले सैनिक आवासीयले विजय हासिल ग¥यो । विद्या विकास र सेक्रिट हर्टबीच भएको खेलमा १–३ ले सेक्रिट हर्टले विजय हासिल ग¥यो । त्यस्तै जेन्युइन र मेघाबीच भएको खेलमा ५–० ले जेन्युइनले विजय हासिल ग¥यो । त्यस्तै हिमालयन ग्लोरी र महेन्द्र विद्या आश्रमबीच भएको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टि सुट आउटमा १–३ गोलले महेन्द्र विद्या आश्रमले विजय हासिल ग¥यो ।
भलिबल
सोमबार भएको छात्रा भलिबलमा सेमिफाइनल खेलमा वागीश्वरी मावि, ख्वप मावि, डेमोस स्कूल र ग्लिटर फ्युचर स्कूल पुगेका छन् । मङ्गलबार हुने सेमिफाइनलमा वागीश्वरी मावि र ख्वप मावि तथा डेमोस स्कूल र ग्लिटर फ्युचर स्कूलबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि डेमोस स्कूलले पद्म मावि, वागीश्वरी माविले सैनिक विद्यालय, डेमोस स्कूलले ख्वप मावि, ग्लिटर फ्युचरले सैनिक स्कूल, ख्वप माविले पद्म मावि, वागीश्वरी माविले ग्लिटर फ्युचर स्कूललाई पराजीत गरेको थियो ।
त्यस्तै छात्रतर्फ भलिबल खेलमा सैनिक माविले वागीश्वरी माविलाई र पद्म माविले वागीश्वरी माविलाई पराजित गरेको थियो ।
विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय खेलको प्रतियोगिता सञ्चालन भइरहेको छ ।
Leave a Reply