भर्खरै :

अंगोलामा खाद्य असुरक्षा

लुआन्डा, २० कात्तिक (रासस-सिन्ह्वा) – अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ ।
अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ ।
कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिनुभएको छ ।
अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ । पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो भएको सरकारको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *