भर्खरै :

आशाकाजी बासुकलाको स्मृति संगालो सार्वजनिक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले मंगलबार आयोजित एक कार्यक्रमबीच पार्टीका पूर्वकेन्द्रीय सदस्य दिवंगत आशाकाजी बासुकलाको सम्झना प्रकाशित ‘कामरेड आशाकाजी बासुकला स्मृति संगालो’ पुस्तक सार्वजनिक गर्नुभयो । नेमकिपा केन्द्रीय समितिद्वारा प्रकाशित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले का.बासुकला पार्टीले दिएका जस्तासुकै गाह«ो काम गर्न पनि पछि नहट्ने र उनको सरल स्वभावका कारण पार्टीका काम गर्न निकै सहज हुने गरेको बताउनुभयो ।
पार्टी अनुशासन बाहिर गएर काम गर्ने कार्यकर्ता कुनै न कुनै दिन अप्ठ्यारोमा पर्ने चर्चा गर्दै उहाँले भन्नुभयो,‘पार्टी निर्देशनअनुसार काम गर्दा केही समयसम्म परिणाम नआए पनि समयान्तरमा सकारात्मक नतिजा निस्कने छ ।’
पदको लागि आफ्नो क्षमताको धाक र धक्कु लगाउने प्रवृत्ति गलत भएको चर्चा उहाँले बासुकलामा जुनसुकै पदमा गए पनि घमण्ड गर्ने बानी नभएको चर्चा गर्नुभयो ।

‘उहाँले व्यक्तिगत अह्मलाई होइन, सिद्धान्त र विचारलाई नै पहिलो प्राथमिकतामा राख्ने काम गर्नुभयो ।’, बासुकलाबारे बिजुक्छेंले भन्नुभयो ।
आफ्नो आत्मगत मूल्यांकनले मानिसलाई गलत निष्कर्षमा पु¥याउने उहाँको भनाई थियो ।
सभापति आसनबाट बोल्दै नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईले आशाकाजी नेमकिपाका इमान्दार र पार्टीका लागि दिलोज्यान दिने कार्यकर्ता भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले देश र जनताको निस्वार्थ सेवामा बासुकलाको अथक सक्रियताबाट नयाँ पुस्ताले सिक्न जरुरी भएको बताउनुभयो । उहाँले तात्कालीन पञ्चायती राज्यव्यवस्थाले नेमकिपालाई समुल नष्ट गर्न गरेको भक्तपुर काण्डको समयमा बासुकलाको अविचल निष्ठा अनुकरणीय भएको चर्चा गर्नुभयो ।
‘ जनतालाई राजनीतिक रुपमा सचेत बनाउने आशाकाजी दाइले साँस्कृतिक क्षेत्रबाट पु¥याएको योगदान जनताले कहिल्यै भुल्न सक्नेछैन’, प्रजापतिले भन्नुभयो ।
पुस्तक सार्वजनिकीकरण कार्यक्रममा नेमकिपाका काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, काठमाण्डौ जिल्ला समिति अध्यक्ष नारायण महर्जन, भक्तपुर जिल्ला अध्यक्ष रमेश थापाश्रेष्ठ, नेपाल भाषा साहित्य तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलक, पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशी,आशाकाजी बासुकलाका सुपुत्र राजकिरण बासुकलालगायतले आशाकाजी बासुकलाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *