भर्खरै :

नेपाली जनता चुप बसे देश नरहने खतरा

काठमाडौँ, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी गाभी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा बिहीबार राजधानीमा विरोध जुलुस एवम् सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा ३ का सदस्य सुरेन्द्रराज गोसाईंले नेपाली जनता चुप बसेमा देश नरहने खतरा बढेको हुँदा नेपालको भूमिमाथि हस्तक्षेपको विरोधमा न्यायप्रेमी नेपाली जनता सङ्घर्षमा उत्रनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“केपी ओली र प्रचण्ड नक्कली कम्युनिस्ट भएकाले भारतले सीमा मिच्दा पनि केही बोल्न नसकेको हो”, उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले आजभन्दा ५० वर्ष अगाडि नवलपरासीको सुस्ता मिच्दा पहिलोपटक विरोध गरेको स्मरण गर्दै उहाँले नेपालको सार्वभौमिकता रक्षाको लागि नेमकिपा स्थापनाकालदेखि सङ्घर्षरत छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले दुईतिहाइको सरकार निकम्मा सावित भएको बताउनुभयो ।
कार्यक्रममा राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
सभाअघि पुतली सडकबाट निस्केको विरोध जुलुस भोटाहिटीमा पुगी सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *