भर्खरै :

मानव तस्करी गर्ने महिला पक्राउ

भोजपुर, २३ कात्तिक (रासस) : अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् ।
दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो ।
उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।
कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *