भर्खरै :

जातीय विभेदका लागि फेसबुकले माफी माग्यो

एजेन्सी, नोभेम्बर १० । फेसबुक माफी माग्ने मामिलामा निकै अगाडि छ । कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक–पटक माफी माग्दै आएको छ ।
यहीँ मेलोमा फेसबुकले फेरि एकपटक माफी मागेको छ । यो पटक आफ्नै कम्पनीभित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेको हो ।
सीएनबीसीको एक रिपोर्टअनुसार फेसबुककै १२ जना कर्मचारीहरूले बेनामी ब्लग पोष्टहरूमार्फत आफूहरूमाथि जातीयरूपमा विभेद भएको गुनासो गरेसँगै फेसबुकले माफी मागेको हो । फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरूमाथि जातीयरूपमा भेदभाव हुने गरेको ती कर्मचारीहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *