भर्खरै :

राष्ट्रपति भण्डारीसँग प्रम मोदीको भेट

नयाँ दिल्ली (भारत), ५ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीसँग आजै भारतीय वित्तीयमन्त्री अरुण जेट्लीले पनि भेटवार्ता गर्नुभएको छ । अहिले राष्ट्रपति भण्डारीसँग त्यहाँका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले पनि भेटघाट गर्दै हुनुुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *