हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
अनुदीप
नेपाल मजदुर किसान पार्टीसहितको २०६२/६३ आन्दोलनपछि ‘सहमति’ मा सरकार गठन हुन थाल्यो । आन्दोलनको एउटा पक्ष सशस्त्र द्वन्द्वबाट आएको ‘माओवादी’ पनि सरकारमा जान आतुर थियो र गयो । गाउँघर जनताको दैलोमा वचन दिएजस्तो जनताको शासन स्थापना गर्ने साहस र धैर्य ‘माओवादी’ ले देखाएन । ‘सहमति’ को नाममा भागबन्डामै सरकारमा जाने दलहरू लिप्त भए । नेमकिपा सात दलको सदस्य भए पनि ‘सात दलको सरकार’ मा कहिले गएन किनभने प्रतिगमनविरोधी आन्दोलनबाट पुनः स्थापना भएको संसद् र प्रजातन्त्र (लोकतन्त्र) पनि पुँजीवादी संसदीय व्यवस्था नै थियो । त्यसैले नेमकिपाले कामदार जनताको हक अधिकार सुनिश्चित हुने जनताको प्रजातन्त्रको लागि देशव्यापी समाजवादी गणतन्त्र प्रचार अभियान चलायो ।
प्रतिगमनविरोधी आन्दोलनको बेला संसद् पुनः स्थापनामात्रै होइन, स्थानीय निकायमा जनप्रनितिधि पनि पुनः स्थापना गर्ने भनिएको थियो । तर, एमालेले सुवास नेम्वाङलाई सभामुख बनाउने सौदाबाजी गरी स्थानीय निकाय पुनः स्थापना गर्ने नारा तुहाइदियो । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थाको लागि स्थानीय निकाय पनि ‘सहमति’ मा सञ्चालन गर्न दलीय संयन्त्रहरू बनाइए । गाविस, नपा र जिविसमा एक दल एक प्रतिनिधिको दलीय संयन्त्रमा सहभागी हुन कति ‘राजनीतिकर्मी’ हरूले नयाँ राजनीतिक दलहरू पनि खडा गरे । एउटा आदर्श समाज स्थापना गर्न एउटा सिद्धान्तको आधारमा राजनीतिक दल स्थापना हुनुपर्ने हो तर त्यतिबेला दलीय संयन्त्रमा उपस्थित हुन पनि दलहरू खोलिए । आस्थाको आधारमा पार्टी सदस्यता लिने र वितरण हुनुपर्ने हो तर संयन्त्रमा सहभागी हुन मात्र पनि पार्टी सदस्यता लिने र पार्टी फेर्ने होड नै चल्यो । स्थानीय दलीय संयन्त्र पनि केन्द्र सरकारजस्तै सहमतिको नाममा मनपरी भागबन्डा गर्ने, भ्रष्टाचार गर्ने अखडा बन्यो ।
स्थानीय दलीय संयन्त्रले झन् राजनीतिलाई विकृत बनाएको थियो, झन् विसङ्गत बनाएको थियो । साथसाथै, यसले राजनीतिक क्षेत्र वा राजनीतिक पार्टीप्रति हेर्ने गलत दृष्टिकोण जनतामा व्यवहारबाट फेरिँदै गयो । भिन्न सिद्धान्त र भिन्न आदर्श बोकेको राजनीतिक पार्टीहरूलाई ‘गाँसेगुसे एकै नासे बनाउन’ खोजिएको थियो । वैचारिक दृष्टिकोणको जगमा आदर्श समाज स्थापनार्थ बहस चलाउनुपर्ने ठाउँमा ‘विकास’ को लागि एकताको नाममा विचारविहीन राजनीति थोपर्ने विदेशी औषधि प्रयोग भएको थियो । स्थानीय विकास र नीति निर्माणको लागि राजनीतिक दलहरू एकातिर र पेशागत क्षेत्र अर्कोतिर जुधाउन खोजिएको थियो । जबकि विचार भिन्नता र वर्गीय स्वार्थका कारण समाजमा उत्पन्न हुने आपसी द्वन्द्वमा पक्ष–विपक्षको नेतृत्व राजनीतिक पार्टीहरूले गर्ने गर्छन् । राजनीतिक पार्टीमार्फत नै मुद्दाका पक्षहरू मुखरित हुन्छन् ।
विचारविहीन राजनीतिले यथास्थितिलाई टेवा पु¥याउँछ । यसकारण यथास्थितिवादीहरू वैचारिक बहस र परिवर्तनलाई रोक्न सबै राजनीतिक पार्टी एकै देखाउन उद्यत थिए । यही यथास्थितिवादीहरूको चक्रब्यूह तोड्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली राजनीतिक डबलीमा, नेपाली भाषाको संसारमा ‘शासक दलहरू’ भन्ने नयाँ पदावलीबाट प्रहार गर्नुभयो । यसअघि नेपाली भाषामा शासक वर्ग वा शासित वर्ग र शोषक वर्ग वा शोषित वर्ग भन्ने चलन भए पनि शासक दलहरू भन्ने चलन थिएन । ‘शासक दलहरू’ पदावलीले कुन–कुन दल शासक दलहरू हुन् र कुन–कुन दल जनताका दल हुन् भन्ने छुट्टिन थाले । यस कित्ता काटले ‘सबै दल एकै हुन्’ भनी लठ्ठिएका नेपाली जनतालाई नयाँ सत्यको दर्शन दियो । त्यसबारे ‘बौद्धिक’ भनिने राजनीतिक विश्लेषकहरूलाई पनि झस्काइदियो । यद्यपि कोही कथित बुज्रुकहरू ‘सबै दल खराब’ र ‘सबै नेता बदमास’ भन्न अन्कनाउँदैनथे । तिनीहरूले शासक दलहरू वा शासक नेताहरूलाई किटानी नगरेर जनताको असन्तुष्टि र आलोचनालाई निस्प्राण बनाइदिएका थिए । तिनीहरूले सरकार, नेता वा व्यवस्थाको विरोधमा चर्को – चर्को बोलेर पनि यथास्थितिलाई कायम राख्ने प्रपञ्च गरिरहेका थिए । यथास्थितिवादीहरू प्रतिक्रियावादी हुन्छन् । प्रतिक्रियावादीहरू परिवर्तनलाई रोक्न अनेक कुचेष्टा गरिरहन्छन् । नेका वा एमालेको सरकार भित्र र बाहिर बसेर पनि कहिले सूर्यबहादुर थापा र कहिले चन्दको नेतृत्वको सरकारमा शासन गर्न जान्थे !
समाज यही यथास्थितिवादी र परिवर्तनकामीहरूबीचको द्वन्द्वबाटै अगाडि बढ्थ्यो । यथास्थितिवादीहरूले जतिसुकै भ्रमको पर्दा खप्टाए पनि, प्रगतिलाई छेक्न मरिहत्ते गरे पनि परिवर्तनकामीहरूले जितिरहन्छन् । समाजमा परिवर्तन भइरहन्छ र प्रगतितर्फ अगाडि बढिरहन्छ । तर, पनि समाजको गतिशीलतालाई बढाउन वा परिवर्तनलाई तीव्रता दिन वा सही समयमा उपलब्धि हासिल गर्नको लागि परिवर्तनकामीहरू बढी चनाखो र जुझारु हुँदै जानु स्वाभाविक हो ।
रौतहट ‘टाइगर’ भनी कुख्यात आलम पक्राउ परेपछि पुँजीवादी राजनीतिमा हुने क्रुर दृश्य झन् उजागर भयो । प्रजातन्त्रको सौन्दर्य भनिएको निर्वाचन जित्न पुँजीवादी प्रजातन्त्रका मतियारहरूले गर्नसक्ने संवेदनाहीन अपराधको घैँटो फुटेको छ । यही सिलसिलामा संसदीय व्यवस्थामा निर्वाचन जित्न सबै राजनीतिक पार्टीहरूले आलमले जस्तै घृणित अपराध गर्दै आएका थिए । सबै नेताहरूले आज पनि गुण्डा पालेकै छन् भनी कथित विश्लेषकहरू चिच्याइरेका छन् तर तिनीहरूले अपराधी र भ्रष्टाचारी, पतित र प्रजातन्त्रविरोधी नेताहरू यी – यी हुन् भनी खुट्याउन चाहेका थिएनन् । तर, समयले सबैलाई एक – एक गरेर जनताको सामु ल्याउँदै छ । शासक दलहरूका नेता–कार्यकर्ताहरूबाट पीडित नेपाली जनताले झट्ट सुन्दा हो भन्ने लागे पनि यही विश्लेषणले नेपाली समाजलाई झन् निराश र कुन्ठित बनायो । सबै खत्तम नै भएपछि के को आशामा बाँच्ने ?! साथसाथै, यसले समाजमा रहेका राम्रा मानिस र भावनालाई समेत ओझेलमा पारेर अपराधीहरूलाई प्रोत्साहित ग¥यो । दूधको दूध, पानीको पानी छुट्याउने सही विश्लेषणले मात्र समाजलाई गतिशील बनाउँछ । शासक दलहरूको कुकर्मको विरोधको नाममा जानी वा नजानी भिन्न – भिन्न सिद्धान्त र आदर्श बोकेको राजनीतिक दलहरूलाई एउटै डालोमा हाल्न खोज्नु आफैमा अपराधीलाई संरक्षण दिनु हो । ‘अपराधीलाई सजाय नदिनु, निर्दाेषलाई सजाय हुने’ परिणाम आज देशले भोग्दैछ ।
नेपाली राजनीतिलाई सही बाटोमा डो¥याउन शासक दलहरूको चरित्र उदङ्ग्याउनु र जनताका दलहरूको पहिचान उजागर गर्नु अपरिहार्य छ । जनताको प्रजातन्त्रको लागि लडिरहेको नेमकिपाका कार्यकर्ताहरूले मात्र होइन, तमाम देशभक्त र प्रगतिशीलहरूले पनि हरेक दलहरूको सिद्धान्त र चरित्रको आधारमा कुन दल शासक दल हो र कुन दल जनताको दल हो भनी प्रस्ट पारिदिनु जरुरी छ । रातो झन्डा खसाल्न रातो झन्डा माथि उचाल्दै सरकारमा जाने नक्कली कम्युनिस्टहरूको बिगबिगी भएको बेलामा राजनीतिक दल भएको कारण नेमकिपा पनि उस्तै त होला नि भन्ने अज्ञानतालाई चिर्न सकिएन भने स्वाभाविकरूपमा राजनीति फोहरी खेलमै रुमल्लि रहनेछ । राजनीति देश र जनताको सेवा गर्ने हरेक देशभक्तको कर्तव्य हो र निः स्वार्थरूपले जनताको सेवा गर्ने भावनाले राजनीतिमा सरिक हुनु आवश्यक छ भन्ने नेमकिपाको आह्वानलाई अझ व्यापक बनाउनुपर्ने खाँचो छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनमा प्रकाशस्तम्भको रूपमा स्थापित नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दै आएको हो । व्यापक जनतालाई सचेत र सङ्गठित बनाउन निर्वाचनलाई उपयोग गरिरहेको पनि सत्य हो । कानुनी तथा गैरकानुनी सङ्घर्षका माध्यमबाट जनताको प्रजातन्त्र र समाजवादमार्फत साम्यवादमा पुग्ने लक्ष्य हासिल गर्न नेमकिपाले व्यापक जनतालाई सचेत र सङ्गठित बनाउँदैछ । झूटा आश्वासन दिने, जनतालाई सताउने, देशलाई विदेशीको पाउमा चढाउने शासक दलहरूको गलत कदमको विरोधमा नेमकिपाले जनतालाई जगाउँदैछ ।
यसकारण सिद्धान्त र चरित्रको आधारमा राजनीतिक दलहरूलाई चिन्नु चिनाउनु अपरिहार्य छ नत्र नेपाली जनता धेरै वर्ष अल्मलिनुपर्ने स्थितिमा रहिरहने छन् ।
Leave a Reply