परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
हेटौँडा, १२ जेठ । वाग्मती प्रदेश सरकारले विनियोजन विधेयक – ०८३ का सिद्धान्त र प्राथमिकता सोमबार प्रस्तुत ग¥यो । उक्त विधेयकमाथि वाग्मती प्रदेशसभामा मङ्गलबार छलफल सम्पन्न भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश विदेशीको भरमा बस्न नमिलेझैँ प्रदेश पनि माथिल्लो सरकारको भरमा बस्न नमिल्ने विचार व्यक्त गर्नुभयो । स्थानीय तहसँग समन्वय एवम् सहकार्य गर्दै विकेन्द्रीकरण तथा सङ्घीयताको मूल मर्मबमोजिम प्रदेश सरकार हिँड्न आवश्यक भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “विकास निर्माणमा जनसहभागिता, जनपरिचालन, श्रमदान, मुठीदानको उपाय अपनाउनु बुद्धिमानी हुनेछ । जनतालाई केन्द्रमा राखेर गरिएको विकासमात्र दिगो हुनेछ ।”
बहुसङ्ख्यक काम गरिखाने जनतालाई हेरेर बजेट निर्माण गर्नु हितकर हुने विचार व्यक्त गर्दै उहाँले भौतिक निर्माणमात्र विकास होइन बरु शैक्षिक, सांस्कृतिक तथा बौद्धिक विकास वर्तमान पुस्ताको आवश्यकता हो भन्नुभयो ।
“हाम्रो उद्योग सिकिस्त छ भने उत्पादन शून्त्mैँ छ । हाम्रा गाउँहरू सुनसान छन् । हाम्रा पहाडहरू खाली छन् । खेतहरू बाँझा छन् । सहरहरू अशान्त, असुरक्षित र प्रदूषित छन् । सन्तुलित विकास नहुँदा यो दुर्भाग्यबाट माथि उठ्न नसक्नु विडम्बना हो,” उहाँले भन्नुभयो ।
उहाँले भक्तपुर संसारकै सुन्दर ऐतिहासिक सहर हो भन्दै सम्पदा एवम् मौलिक कला र संस्कृति संरक्षित सहर भक्तपुरको महत्व र गरिमा वाग्मती प्रदेश सरकारले पनि बुझ्न आवश्यक छ भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले विदेशीसँग मागेर देशको आर्थिक विकास तथा स्वतन्त्रता जोगाउन सम्भव नहुने विचार व्यक्त गर्नुभयो । उहाँले देश आर्थिक ऋण पासोमा फस्दै गइरहेको चर्चा गर्दै संसारमा पुँजीवादी बजार अर्थतन्त्र असफल एवम् अमानवीय बन्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको आर्थिक विकास नहुनुमा आयात निर्भरता दोषी रहेको चर्चा गर्दै आत्मनिर्भरताका व्यावहारिक पाइला चाल्न नसकेसम्म सङ्कटमुक्त बन्न नसक्ने धारणा राख्नुभयो ।
अर्का सदस्य गीता काफ्लेले किसान तथा काम गरिखाने जनताको हितको सरकारहरूले काम नगरेकै कारण गरिबी, असमानता र अशान्ति बढेको धारणा राख्नुभयो । उहाँले किसानलाई जग्गामाथि स्वामित्व दिनुभन्दा बेदखल गर्नु अन्याय हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले किसानहरूको जग्गा खोस्ने काम गर्दै छ । यो सरासर गलत छ । गुठी संस्थानले मोही किसानलाई जग्गाको स्वामित्वमा बेदखल गर्ने निर्णय गलत छ ।”
बैठकमा उठेका विषयबारे आर्थिक मामिलामन्त्री प्रभात तामाङले जवाफ दिनुभयो । उहाँले भक्तपुरलाई सम्पदा, कला र संस्कृति संरक्षित सहर बनाउने प्रस्तावप्रति आफू सकारात्मक रहेको बताउनुभयो । मङ्गलबार बसेको दोस्रो बैठकमा प्रदेश प्रमुख दीपक देवकोटाले प्रदेश सरकारको आव ०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासकहरूको अकर्मण्यताका कारण वैदेशिक ऋणबाट देश थिचिँदै गइरहेको विचार राख्नुभयो ।
सोमबार सुरु भएको वाग्मती प्रदेशसभाको अठारौँ अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्य गोसाईले सम्पत्ति–सम्पदामा आगो नलगाउने स्पष्ट पार्नुभयो । उहाँले आईआरआई, एनईडी, जेनेरेसन डेमोक्रेसीजस्ता संस्थाहरूले संसारका विभिन्न देशमा डलरको दुरूपयोग गर्दै सत्ता परिवर्तनमा खेल खेलेको चर्चा व्यापक भएको बताउनुभयो ।
उहाँले चिन्तनमा दरिद्रता भएसम्म र विचारमा अस्पष्टता बाँकी रहेसम्म भौतिक विकासले पूर्णता नपाउने धारणा राख्नुभयो ।
सो बैठकमा आर्थिक मामिलामन्त्री प्रभात तामाङले विनियोजन विधेयक – ०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो ।
Leave a Reply