विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
(टेलिसुर), ११ नोभेम्वर । बोलिभियामा सेना र प्रहरी प्रमुखहरूको सहयोगमा दक्षिणपन्थीहरूले जननिर्वाचित राष्ट्रपति ट्रभो मोरालेसलाई दबाबमा राजीनामा गराएकोप्रति विभिन्न देशका राष्ट्र प्रमुख र नेताहरूद्वारा विरोध र भत्र्सना गरेका छन् ।
बेलायतको प्रमुख प्रतिपक्ष दल लेबोर पार्टीका नेता जेरेमी कर्बिनले मोरालेसको राजीनामा सैनिक विद्रोह भएको बताउनुभएको छ ।
‘एउटा व्यापक जनसमर्थनसहित त्यति धेरै सामाजिक प्रगति गरिरहेका राष्ट्रपति मोरालेसमाथि सेनाले राजीनामा दिन दबाब दिन दुर्भाग्यपूर्ण छ । म सैनिक विद्रोहको निन्दा गर्दछु र बोलिभियाली जनतासँगै प्रजातन्त्र, सामाजिक ल्याय र स्वाथीनताको पक्षमा उभिन्छु ।’
ब्राजिलका पूर्व राष्ट्रपति एवं मजदुर पार्टीका नेता लुइज इनासियो लुला दा सिल्भाले बोलिभियाको सैनिक विद्रोहको भत्र्सना गर्दै मोरालेसलाई बलपूर्वक राजीनामा गराएको बताउनुभएको छ ।
“यो दुर्भाग्यपूर्ण छ कि ल्याटिन अमेरिकाका धनाढय कुलीन वर्गलाई प्रजातन्त्रसँग कसरी बाँच्ने र गरिबहरूको सामाजिक समावेशीता कसरी गर्ने भन्ने थाहा छैन ।” – लुलाले भन्नुभयो ।
क्युवाका राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले तत्कालै सन्देश ट्विट गर्दै तेको जीवन र स्वतन्त्रता रक्षाको लागि विश्वले अभियान चलाउनुपर्ने बताउनुभयो ।
उहाँले बोलिभियाका दक्षिणपन्थीहरूको कदमलाई “हिंसात्मक र कायरतापूर्ण सैनिक विद्रोह” भन्नुभयो ।
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले बोलिभियाको घटनालाई राष्ट्रपति दाजु ते मोरालेस विरुद्धको सैनिक विद्रोह भनी भत्र्सना गर्नुभयो ।
उहाँले विश्वकै सामाजिक र राजनीतिक आन्दोलनहरूसित राष्ट्रपति मोरालेससँगै जातिवादको सिकार भएका बोलिभियाका आदिवासी जनताको जीवन रक्षाका लागि अभियान चालु गर्न आह्वान गर्नुभयो ।
अर्जेन्टिनामा राष्ट्रपति निर्वाचिन नेता अल्वर्टो फर्नाण्डेजले बोलिभियामा संस्थागत विघटनको खेल हुनु अस्वीकार्य भएको बताउनुभयो । उहाँले बोलिभियाली जनताले फेरि पनि चाँडो भन्दा चाँडो स्वतन्त्र एवं निष्पक्ष निर्वाचनमार्फत आफ्नो अर्को सरकार निर्वाचित गर्न पाउनुपर्ने बताउनुभयो ।
अर्जेन्टिनाको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरी बोलिभियामा शान्ति कायम हुनुपर्ने र पूर्ण स्वतन्त्रता तथा पारदर्शितामा अर्को निर्वाचन हुनुपर्ने बतायो ।
निकारागुवाका वामपन्थी राष्ट्रपति ड्यानियल ओर्टेगाको सरकारले पनि एक विज्ञप्ति जारी गर्दै बोलिभियामा उत्पन्न स्थितिलाई दक्षिणपन्थी सैनिक विद्रोह भनेको छ ।
“निकारागुवाको सरकार बोलिभियामा आज (आइतबार) भएको सैनिक विद्रोहको निन्दा गर्दै कडा शब्दमा कार्सना गर्दछ ।” – विज्ञप्तिमा राष्ट्रपति ओर्टेगाले भन्नुभएको छ ।
त्यस्तै उपराष्ट्रपति रोसारियो मुरिल्लोले एक विज्ञप्ति जारी गर्दै ‘हामी निर्वाचित राष्ट्रपति ते र उहाँको संवैधानिक सरकारप्रति नै अपरिवर्तनीय समर्थन रहेकोमा जोड दिन्छौं ।’
मेक्सिकोका वामपन्थी राष्ट्रपति एन्ट्रेस म्यानुएल लोपेज ओब्रेडोरले चालू सैनिक विद्रोहका कारण राष्ट्रपति ते मोरालेसको जीवनको सुरक्षाप्रति चासो व्यक्त गर्दै मोरालेसले अनुरोध गरेमा मेक्सिकोमा राजनीतिक शरण दिन आफ्नो सरकार तयार रहेको बताउनुभयो ।
मेक्सिकोका विदेश मन्त्री मार्सेलो इब्राडले बोलिभियाको पछिल्लो घटनालाई सैनिक विद्रोह भन्दै कडा निन्दा गर्नुभएको छ ।
“मेक्सिको प्रजातन्त्र र संस्थागत प्रणालीको आदर कायम राख्नुपर्ने पक्षमा छ ।” – इब्राडले उल्लेख गर्नुभएको छ ।
त्यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक वक्तव्यमार्फत बोलिभियाको पछिल्लो अवस्थामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षसित हिंसा टोक्न, तनाव कम गर्न र अधिकतम धैय राख्न आग्रह गर्नुभएको छ ।
पेरुको सरकारले पनि बोलिभियामा शान्तिको अवस्था बहाल गर्न आह्वान गरेको छ । साथै ओएएस र संयुक्त राष्ट्र सङ्घको सहयोगमा शान्तिपूर्ण र पाददर्शी निर्वाचन अविलम्ब गर्न आग्रह गरेको छ ।
कोलम्वियाकी नेतृ पाइडाड कोर्दोबाले बोलिभियामा निर्वाचित राष्ट्रपतिलाई राजीनामा गराउनु साम्राज्यवादीहरूको सैनिक विद्रोह भएको बटाउनुभयो । उहाँले साम्राज्यवादीहरू अब त्यहाँ टीन, चाँदी, तामा र बोलिभियाका सबैजसो खनिज लुट्न जानेछन् । आईएमएफ त्यहाँ फिर्ता हुनेछ र निजीकरणको नाममा नवरदारवादीहरूले सबै अनुदार र सामाजिक सुरक्षा खतम गर्नेछन् भन्नुभयो ।
मेक्सिकोको मोरेना पार्टीका नेता येइडकोल पोलेभ्न्सकीले बोलिभियाको पछिल्लो घटना ल्याटिन अमेरिकाको प्रजातन्त्रमाथि बज्र प्रहार भएको बताउँदै बोलिभियामा पुनः बर्बर यातना, हिंसा फर्कन सक्ने बताउनुभयो ।
“हामी बोलिभियाली जनताको जीवन, स्वतन्त्रता र अधिकारको अक्षुणताको माग गर्दछौं ।” उहाँले भन्नुभयो ।
Leave a Reply