भर्खरै :

दैलेखमा विरोध प्रदर्शन र सभा

दैलेख , २६ कात्तिक  । नेपाल मजदुर किसान पार्टीले सीमा अतिक्रमणविरोधी आन्दोलनलाई गाउँगाउँमा पु¥याएको छ । भारतले नेपाली भूमि आफ्नो सीमाभित्र राखी तयार पारेको नक्सा खारेजीको साथै सबै अतिक्रमणको विरोध गर्दै सोमबार दैलेखको डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वरमा विरोध प्रदर्शन तथा सभाको आयोजना ग¥यो ।
गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शनमा भारतीय विस्तारवाद मुर्दावाद, भारतीय सेना कालापानी छोड, अतिक्रमित भूमि फिर्ता गरलगायतका नारा लगाइएको थियो ।
जुलुस प्रदर्शनपछि आयोजित सभामा नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सरकारले यदि देश जोगाउन सक्दैन भने सरकारमा बस्ने कुनै हैसियत राख्दैन भन्नुभयो । उहाँले सार्वभौमिकता सानो नहुने चर्चा गर्नुहुँदै साना देशले पनि ठूला देशसँग नझुकेर सङ्घर्ष गर्दा सफलता प्राप्त गरेको बताउनुभयो ।
नेपालले लिम्पियाधुरासमेत समेटेर नक्साको नयाँ संस्करण निकालेर भारतलाई जवाफ दिनुपर्ने बताउनुहुँदै संयोजक गोसाईले न्यायको निम्ति अन्तर्राष्ट्रिय अदालतमा नेपालले मुद्दा दायर गर्नुपर्छ भन्नुभयो । उहाँले नेपाल सरकार देशको सार्वभौमिकता रक्षाको निम्ति प्रतिबद्ध छ भने सीमामा नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले भूकम्पबाट पीडित नेपाली जनतामाथि नाकाबन्दी लादेको बेला नेमकिपाले सडक र सदनमा विरोधका गतिविधि सञ्चालन गरेको स्पष्ट पार्नुहुँदै नेपालको सार्वभौमिकता रक्षाको आन्दोलनमा नेमकिपाले अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्ने विचार राख्नुभयो ।
नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले भारतीय विस्तारवाद सदा नरहने उल्लेख गर्नुहुँदै आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।
नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले स्वाधीनताको सङ्घर्षमा सबै जनता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा डुङ्गेश्वर गाउँपालिका समितिका अध्यक्ष जगतकुमार ओलीको सभापतित्वमा भएको सभामा कानुन अध्ययन समाजका केन्द्रीय सदस्य शिवराज दाहाल, नेक्राविसङ्घका केन्द्रीय सदस्य सर्जु फसिकव, नेक्राविसङ्घ दैलेखका अध्यक्ष तुल्सी कठायत, नेमकिपा डुङ्गेश्वरका हिरामणी न्यौपानेलगायले भारतीय थिचोमिचोविरुद्ध सङ्घर्ष अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *