भक्तपुर नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा
- आश्विन ७, २०८३
भक्तपुर, २६ कार्तिक । स्कूले पोशाकमा आएका विद्यार्थीहरूको एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झन्डा थियो भने अर्को हातमा प्लेकार्ड । अङ्ग्रेजीमा ‘गो ब्याक इन्डिया’, ‘ब्याक अफ इन्डिया’, ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’लगायतका नाराहरू लेखिएको प्लेकार्ड बोक्दै विद्यार्थीहरू सडकमा उत्रिए । कोहीकोही विद्यार्थीसँग भने नेपालको नक्साको नमुना नै थियो ।
प्लेकार्ड, झन्डा र नेपालको नक्सामात्र नभएर भारतले एकतर्फीरूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उत्रिएका उनीहरूले नारा लगाए । उनीहरूको त्यो आवाजमा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध आक्रोस थियो ।
उनीहरू आक्रोशितमात्र थिएनन्, उनीहरू नेपाली वीर पुर्खाले रगत पसिना नभनी रगतले कोरेको सिमानामाथि भारतले गरेको हेपाहा प्रवृत्तिको अन्त्य चाहन्थे । उनीहरूले भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सीमा अतिक्रमणविरुद्धको ¥यालीमा सहभागिता जनाए । अनि एक स्वरमा नारा लगाएका थिए, ‘भारतीय विस्तारवाद मुर्दावाद !’
नेपालको संविधान २०७२ को अनुसूचीको निसान छापमा अङ्कित कालापानी क्षेत्र भारतले गायव गरिएसँगै भारतको उक्त कदमको सर्वत्र विरोध भइरहेको बेलामा विद्यार्थीलाई पनि देशभक्तिको विषयमा जानकारी दिन, सिमानाको महत्वबारेमा बताउन भक्तपुरको देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कूलले आयोजना गरेको ¥यालीमा सोही विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए ।
“विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ, यो विषयबारे जानकारी दिन यो ¥याली आयोजना गरेका हौँ ।’ विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेँले भन्नुभयो । उहाँले ¥यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी ¥यालीमा सहभागी भएको जानकारी दिनुभयो ।
¥यालीले भक्तपुरको दत्तात्रय, गोल्मढी, सुकुलढोका, न्ङातापोल मन्दिर परिसर, वंशगोपाल, नासमना, भार्वाचो, दूधपाटीलगायतका स्थानको परिक्रमा गरेको थियो ।
Leave a Reply