भर्खरै :

मधुमेह के हो ?

सुनिता गाइसी
आज विश्व मधुमेह दिवस । आधुनिक जीवन शैलीसँगै विभिन्न किसिमका रोगले मानव जीवनलाई आक्रान्त पार्दै आएको छ । यस्तै रोगहरूमध्ये आज मधुमेह वा चिनी रोगबारेमा केही चर्चा गर्ने प्रयास गरेको छु । हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढी हुनु वा उच्च तहमा पुग्नुलाई मधुमेह रोग लागेको मानिन्छ । एबलअचभबक ले इन्सुलीन उत्पादन कम गरेमा रगतमा चिनीको मात्रा बढी हुन्छ र हामीलाई चिनी रोग लाग्दछ । इन्सुलीन एक किसिमको हर्मोन हो जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने कार्य गर्दछ । हामीले खाने खानाबाट ग्लुकोज प्राप्त हुने गर्दछ । रगतमा चिनीको मात्रा बढी हुनेबित्तिकै यसले रक्तनलीहरूमा चाप बढाउँछ । यसले गर्दा शरीरमा विभिन्न किसिमका समस्याहरू देखापर्दछ । मधुमेहले हाम्रो महत्वपूर्ण अङ्गहरू आँखाको रेटिना, किड्नी, रक्तनलीहरूका साथै शरीरका अन्य भागहरूमा असर गर्दछ । यसले हर्टअटाय्क पनि हुनसक्दछ । मधुमेहका रोगीहरूको यौन जीवनमा पनि समस्या देखा पर्नसक्दछ । विश्व स्वास्थ्य सङ्गठनले विश्वका १८० मिलियन मानिसहरू यस रोगबाट प्रभावित रहेको र अबको सन् २०३० सम्म यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । यसमा ८० प्रतिशत मानिसहरू नेपालजस्तै विकासोन्मुख मुलुकका हुने छन् भनी बताइएको छ ।
विशेषगरी मधुमेहले आँखाको रेटिनामा असर गर्दछ । यसको कारण मानिस अन्धोपनको शिकार बन्न पुग्दछ । झन्डै २ प्रतिशत बिरामीहरूले आफ्नो आँखाको ज्योति गुमाएका छन् भने ५० प्रतिशत जति बिरामीलाई रतmनलीसम्बन्धी समस्या र २० प्रतिशत बिरामीलाई किड्नीसम्बन्धी समस्या हुने गरेको अनुसन्धानले देखाएको छ । मधुमेह रोग लागेपछि विभिन्न लक्षणहरू देखापर्दछन् । जस्तैः छिटोछिटो भोक लाग्ने, पानी बढी खान मन लाग्ने, केही घाउ चोटपटक लागेमा छिटो घाउ निको हुँदैन । त्यसैले यस रोगका बिरामीहरू सकेसम्म घाउचोटबाट बच्नुपर्दछ । मधुमेह रोगबाट बच्ने विभिन्न उपायहरू छन् । जस्तै ः सन्तुलित भोजन गर्ने, नियमितरूपमा शारीरिक व्यायाम गर्ने, जाँड–रक्सीजस्ता मादक पदार्थको सेवन नगर्ने, चुरोट तमाखुको सेवन नगर्ने, बढी मात्रामा मसला भएको तारेको भुटेको खानेकुरा नखाने, नियमितरूपमा स्वास्थ्य परीक्षण गर्ने (बिरामी नभए पनि कम्तीमा ६ महिना वा १ वर्षमा आफ्नो स्वास्थ्य परीक्षण गराउने), मानसिक तनावलाई कम गर्न योगा गर्ने ।
मधुमेहका बिरामीले विशेषगरी खानेकुरा र शारीरिक व्यायाममा ध्यान दिनुपर्दछ । यस रोग लागेका बिरामीहरूले लौका, सिम साग (यसलाई खोलाको पालुङ्गो पनि भनिन्छ, जुन रेशादार हुन्छ) खानाले सुगर नियन्त्रणमा रहने कुरा बिरामीहरू बताउँछन् । यदि सुगर धेरै नै बढेमा चिकित्सकको सल्लाहबमोजिम रगत जाँच गराउने र आवश्यक भए औषधिको सेवन गर्नुपर्दछ । स्वास्थ्य नै अमूल्य धन हो, बेलैमा सबै सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *