भर्खरै :

घोडेटारमा पहिलो पटक बस सेवा

भोजपुर, ६ वैशाख । भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो ।
बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय भने हर्षित भएका छन् । सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिनेसमेत अध्यक्ष मोक्तानले बताउनुभयो । केही महिना अगाडि सञ्चालनमा ल्याउने भनिएको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *