नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भारतीय चर्चित अभिनेता नाना पाटेकरले महाराष्ट्रमा भइरहेको खडेरीबारे कुराकानी गर्दै आफूले किसानहरुको पीडा महसुस गरिरहेको बताएका छन् । खडेरी क्षेत्रबाट ठूलो संख्यामा पीडितहरु गाउँबाट शहरमा ओइरहेको चर्चा गर्दै उनले भने,‘उनीहरुमध्ये कोही तपाईको कारको ढोकामा आइपुगे, तिनलाई भिखारी नसम्झनुहोला । उनीहरु भिखारी होइनन्, किसानहरु हुन् ।’ उनले किसानहरु बाध्य भएर शहर पसेको पनि बताए ।
‘उनीहरुलाई खाना, पानी र शौचालयको आवश्यकता छ । आउने दिन र महिना उनीहरुको लागि निकै दुःखले भरिएको हुनेछ । सरकारले यो विषयमा पहिले नै ध्यान पु¥याउन सकेको भए आज यो दुःखको दिन देख्नपर्ने थिएन र वाटर ट्रेन पठाउनुपर्ने आवश्यकता पर्ने थिएन । नागरिकको हिसाबबाट हामी पनि र हाम्रा नेताहरु पनि यो मामलामा सबै असफल भएका छौं ।’
‘खडेरीका कारण जनता निकै कष्टकर जीवन बिताइरहेका छन् । तर उनीहरुले यो दुःख भोगेको भने पहिलो पटक होइन । जनताले आजको व्यवस्थाप्रति प्रश्न गर्न जरुरी छ । चुप लागेर बस्नु अपराध हुनेछ । हरेक दिन किसानहरु आत्महत्या गरिरहेका छन् र यो सबै नदेख्ने हामी अन्धाहरु होइनौं ।’ पाटेकरले भने ।
Leave a Reply