इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ कार्यालयको आयोजनामा महिलाहरूको पाठेघर र स्तन क्यान्सर शिविर भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा शनिबार इन्द्रायणी पीठमा सम्पन्न भयो ।
शिविरमा वडाका २५४ जना महिलाहरूले पाठेघर र स्तन परीक्षण गराए । शिविर उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले महिलाहरू शिक्षित र सक्षम भए परिवार शिक्षित र सक्षम हुने विचार व्यक्त गर्नुभयो । महिलाहरू स्वस्थ नभए परिवारै बिरामी हुने भएकोले आफ्नो स्वास्थ्य स्थितिको विषयमा जानकारीको लागि शिविर महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
नगरका जनताको स्वास्थ्य स्थिति राम्रो बनाउन जनस्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र ख्वप अस्पताल निर्माण गरिरहेको विचार राख्दै उहाँले गरिब जनताका छोराछोरीको शिक्षाको लागि शैक्षिक ऋण र एमडी वा सोसरह अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
शिविर उद्घाटन समारोहमा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले जनताको स्वास्थ्य सुधारको लागि शिविर आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका डा. रक्षा भुजू, वडा सदस्य श्यामसुन्दर मातां र तुल्सीलक्ष्मी दुमरु (बाटी)ले पनि बोल्नुभएको थियो ।
Leave a Reply