मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ३० कार्तिक । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.को १२ औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
साधारणसभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले पुँजी, प्रविधि र प्रतिभालाई एकत्रिट गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुर नगर शिक्षा, स्वास्थ्य, संस्कृतिमा अनुकरणीय रहेजस्तै सहकारी संस्था पनि अनुकरणीय रहनुपर्ने बताउनुभयो ।
सभामा भनपा वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले पँुजीवादी व्यवस्थामा भ्रष्टाचार र कुरीति हुने बताउनुभयो ।
स्थानीय वडाध्यक्ष महेन्द्र खायमलीले अपराधीको हातमा राजनीति गएको र वर्तमान कम्युनिस्ट भनाउँदा दलले अपराधलाई संरक्षण गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा नातिभाइ ह्योम्बा, कृष्णप्रसाद कोजू, लक्ष्मीप्रसाद कुसी, कान्छाभक्त घजू, जितेन्द्र खायमलीलगायतले सहकारी सङ्घ संस्था समाजका सबै विकृति निर्मूल पार्न सक्रियरूपमा लाग्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न सभामा सत्यनारायण गाईजूलगायतले बोल्नुभयो ।
Leave a Reply