भर्खरै :

सिकर्मीहरू राजनीतिक प्रशिक्षणमा

भक्तपुर, १ मंसिर । भक्तपुर सिकर्मी सङ्घले १०२ औँ समाजवादी अक्टोबर क्रान्ति दिवसको अवसरमा समसामयिक राजनैतिक विषयक प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले रुसमा लेनिनले कम्युनिस्ट पार्टीभित्र संशोधनवादी र अवसरवादीहरूको बीचमा रहेर पनि आफ्नो सङ्गठनलाई बलियो बनाई नोभेम्बर ७ का दिन जार सरकारको विरुद्ध लडेर क्रान्ति सफल पार्नुभएको विचार राख्नुभयो । भारतले कब्जा गरेको लिम्पियाधुरा र लिपुलेकजस्ता नेपालको भूभागबारे नेपाल सरकार अन्तर्राष्ट्रिय अदालतमा नपुगेको हुँदा जनताले आवाज उठाउनुपर्ने कुरा राख्नुभयो ।
भक्तपुर क्षेत्र १ (क) प्रदेशसभा सदस्य उम्मेदवार नीरज लवजुले विगतमा सरकारमा गएकाहरूले पैसा र पदको लोभमा देशको हितको लागि केही काम गर्न नसकेको अवस्थामा अब जनताले सही व्यक्तिलाई निर्वाचित गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी भक्तपुर जिल्ला समितिका मजदुर सङ्घ अध्यक्ष उपेन्द्र सुवालले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको विरोधमा नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिई कूटनैतिक पहलबाट आफ्नो भूमि फिर्ता लिनुपर्ने धारणा राख्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम धुकुछुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका सचिव पुण्यराम न्हुछे र श्रीप्रसाद लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *