तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, १ मंसिर । नेपाल मजदुर किसान पार्टी कालीकोटको जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा महान् अक्टोबर क्रान्ति र यसको महत्वबारे शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ७ का संयोजक नन्दबहादुर शाहीले अक्टोबर क्रान्तिले विश्वका विभिन्न देशलाई समाजवादी क्रान्तिको निमित्त प्रेरणा प्रदान गरेको बताउनुभयो ।
उहाँले क्रान्तिको निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनुपर्ने चर्चा गर्दै क्रान्तिको निम्ति क्रान्तिकारी पार्टी र क्रान्तिकारी सिद्धान्त आवश्यक हुने बताउनुभयो । उहाँले अक्टोबर क्रान्ति हुनुपूर्व युरोपकै एक दरिद्र देश रूसले क्रान्तिपछि शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा निःशुल्क बन्दोबस्त गरेको उल्लेख गर्दै नेपालको वर्तमान कम्युनिस्ट नामको सरकार देशको सीमा मिचिँदा लाचार भएर बसेको हुँदा सरकार भारतीय विस्तारवादको दलाल भएको पुष्टि भइसकेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपाका केन्द्रीय सदस्य तथा १० औँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले महान् अक्टोबर क्रान्तिबाट शिक्षा लिएर नेपालमा समाजवादी क्रान्तिको लागि जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको लागि जनताको सङ्गठित आन्दोलनको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कालीकोटका सचिव खड्गराज शाही र सूर्यबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply