भर्खरै :

रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर, २ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्रराष्ट्र रसियाको डर्बेन्ट सहर र रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डलले भेट ग¥यो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगर आठौँ शताब्दीमा स्थापित ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको नाचगानको राजधानी र सम्पदाको नगरको रुपमा परिचित भएको जानकारी गराउँदै १२–१५ औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानीको रुपमा रही १८ औँ शताब्दीमा छुट्टै राज्यको रुपमा रहेको जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरलाई जीवित सङ्ग्रहालयको रुपमा चिनिने गरेको बताउनुभयो । वास्तुकला, काष्ठकला, हस्तकलालगायतमा धनी भक्तपुर सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले ९० प्रतिशत नेवार समुदायको बसोबास रहेको भक्तपुरमा हिन्दू, बौद्ध, मुस्लिमलगायतका धर्मावलम्बीहरूको बसोबास रहेको र यहाँ नेपालकै अग्लो छाने शैलीको पाँचतले मन्दिर रहेको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे जानकारी गराउँदै नगरपालिकाले इन्जिनियरिङ्ग कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
भेटमा डर्बेन्ट सहरका प्रतिनिधिमण्डलले डर्बेन्ट सहर भक्तपुरजस्तै ऐतिहासिक र पुरातात्विक सहर रहेको जानकारी गराउँदै भक्तपुर र डर्बेन्ट सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।
भेटमा प्रमुख प्रजापतिले प्रतिनिधिमण्डललाई मयुर झ्याल उपहार प्रदान गर्नुभएको थियो ।
भेटपश्चात् प्रतिनिधिमण्डलले भक्तपुरका विभिन्न ऐतिहासिक र पुरातात्विक सम्पदा स्थलहरूको अवलोकन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *